close

५ योजना सूचीकृत गर्न लिखुको मन्त्रालयलाई अनुरोध

५ योजना सूचीकृत गर्न लिखुको मन्त्रालयलाई अनुरोध

Trulli
ADVERTISEMENT

ओखलढुंगा - लिखु गाउँपालिकाले पालिकाभित्रको आयोजनालाई राष्ट्रिय योजनामा सूचीकृत गराउन अनुरोध गरेको छ । गाउँपालिकाले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सो अनुरोध गरेको हो । 

गाउँपालिकाले वडा नम्बर ६ का चार वटा र वडा नम्बर ७ को एउटा योजनालाई राष्ट्रिय योजनामा सूचीकृत गर्नको लागि अनुरोध गरेको पालिकाको प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मोहन कार्कीले बताए । गाउँपालिकामा केही समय पहिले पर्यटन मन्त्री सुदन किराँतीको आतिथ्यतामा नाट्य महोत्सव भएको उनले पालिकाखबरलाई बताए ।

सोहीबेला मन्त्री किराँतीले गाउँपालिकाको योजना निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुका साथै योजना माग गरेको उनले सुनाए । सोही अनुरुप गाउँपालिकाले योजना सूचीकृत गर्न अनुरोध गरेको उनको भनाइ छ । 

सो योजना ठूला लगानी आवश्यक पर्ने र वडा तथा गाउँपालिकाले निर्माण गर्न नसक्ने भएकाले राष्ट्रिय योजनामा सूचीकृत गर्न अनुरोध गरेको उले जानकारी दिए ।