close

फेदापमा नमुना गाउँसभा सुरु

फेदापमा नमुना गाउँसभा सुरु

Trulli
ADVERTISEMENT

तेह्रथुम - फेदाप गाउँपालिकामा आजदेखि 'नमुना गाउँसभा' सुरु भएको छ । गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सुनिता पाहिमले आइतबार कार्यक्रमको उदघाटन गरेसँगै नमुना गाउँसभा सुरु भएको हो ।

गाउँपालिकाकी उपाध्यक्ष पाहिमका अनुसार गाउँपालिकाको सभाहलमा सो कार्यक्रमको सञ्चालन भएको हो । तीन दिनसम्म चल्ने सो कार्यक्रममा स्थानीय युवाहरुलाई संसदको संरचना, सभामुख, उपसभामुख, पक्ष र विपक्ष दलका नेता, संसदको सचेतकको भूमिकाबारे जानकारी गराउने उनले बताइन् । 

कार्यक्रममा सहभागी भएकालाई गाउँपालिका तथा संसदमा हुने सभा, पक्ष र विपक्षको भूमिकालगायत विभिन्न विषयबारे प्रयोगात्मक तथा सैद्धान्तिक अभ्यास गराइने उनले पालिकाखबरलाई सुनाइन् । कार्यक्रममा १६ वर्षदेखि २४ वर्षसम्मका युवाको सहभागिता रहने उनको भनाइ छ ।