close

रूपाको स्थापना दिवस: झाँकी प्रदर्शनीदेखि उत्कृष्ट कृषकलाई सम्मान

रूपाको स्थापना दिवस: झाँकी प्रदर्शनीदेखि उत्कृष्ट कृषकलाई सम्मान

Trulli
ADVERTISEMENT

कास्की– रूपा गाउँपालिकाले स्थापना दिवस मनाउने तयारी पूरा गरेको छ । गाउँपालिकाले बिहीबारदेखि आगामी आइतबारसम्म विभिन्न कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाउँदैछ । 

बिहीबारबाट गाउँपालिकामा अध्यक्ष पुरुष भलिबल प्रतियोगिता सुरु हुने स्थापना दिवसका मूल समारोहका सदस्य सचिव तथा पालिकाका कम्प्युटर अपरेटर अशोक परियारले बताए । उनका अनुसार १९ वटा टोलीले भलिबल प्रतियोगिताका लागि नाम दर्ता गराएका छन् । 

भलिबलको अन्तिम खेल २७ गते अर्थात् स्थापना दिवसको दिन सञ्चालन हुने उनले बताए । सोही दिन पालिकामा स्थानीय भेषभुषासहितको स्थानीय जातिको झाँकी प्रदर्शनी हुनेछ । झाँकी प्रदर्शनीमा पालिकाभित्रका ७ वडाका ५० वटा समुहले भाग लिने उनले पालिकाखबरलाई बताए । 

स्थानीयस्तरमा उत्पादन भएका फूलको माला प्रतियोगितासमेत सञ्चालन हुनेछ । सोही दिन गाउँपालिकाको ‘एक झलकमा रूपा’ पुस्तकको दोस्रो अङ्क विमोचन हुने उनले बताए । 

रुपा गाउँपालिकाले स्थापना दिवसको अवसर पारेर यसअघि विद्यावारिधि तह उत्तीर्ण गरेका विज्ञ समूह, कलाकार तथा खेलाडीलाई रुपा रत्न पुरस्कारमार्फत सम्मान गरिसकेको छ । यस वर्ष भने स्थापना दिवसका अवसरमा पालिकाभित्रका कृषि पेसामा लागेका उत्कृष्ट व्यवसायीलाई पुरस्कृत गर्न लागेको मूल समारोहका सदस्य सचिव परियारले बताए । 

प्रत्येक वडाका उत्कृष्ट व्यावसायिक कृषक ७ जना र गाउँपालिकाको उत्कृष्ट ३ जना गरी १० जना व्यावसायिक कृषकलाई स्थापना दिवसको अवसरमा सम्मान गर्न लागिएको उनले सुनाए ।