close

५ वर्ष नपुग्दै जनतासँग गरेका सबै वाचा पुरा गर्छु : अध्यक्ष कुँवर

५ वर्ष नपुग्दै जनतासँग गरेका सबै वाचा पुरा गर्छु : अध्यक्ष कुँवर

ADVERTISEMENT

कैलाली । व्यापारसँगै राजनीतिमा सक्रिय कर्णबहादुर कुँवर गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेको उम्मेदवारका रुपमा बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा विजयी बनेका थिए ।

कैलाली जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वमा समेत रहिसकेका कुँवर चुनावी घोषणापत्र गरिएका प्रतिबद्धता पुरा गर्न आफूलाई ५ वर्ष नलाग्ने दाबी गर्छन् । भन्छन्, '५ वर्ष नपुग्दै जनतासँग गरेका सबै वाचा पुरा गर्छु ।'

साथै उनी हरेक दिन ताँती लागेर विदेश गइरहेका युवाहरूका लागि रोजगारीको अवसर सिर्जना गर्ने योजनामा समेत छन् । भन्छन्, 'युवाहरूलाई स्वरोजगार बनाउन तीनै तहको सरकारले मिलेर काम गर्नु पर्छ ।'

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीदेखि ७२ किलोमिटर पूर्वमा रहेको बर्दगोरिया गाउँपालिका समुन्द्र सतहबाट १४५ मिटरको उचाइमा रहेको छ ।

यो गाउँपालिकामा कृषि उपजका लागि राम्रो मानिने उष्ण, उपोष्ण,  समशीतोष्ण हावापानी भेटिन्छ । साथै यो गाउँ पालिकाको वडा नम्बर २ बाहेक सबै वडाका जमिन समथर छन् । साथै कृषिका लागि आवश्यक कच्ची तथा पक्की गरी ३४ वटा कलभर्ट निर्माण भएका छन् । जसले गर्दा विभिन्न स्थानमा सिँचाइका लागि स-साना खोल्सा, कुलो र नदिका कारण किसानलाई सहज भएको छ ।

यो गाउँपालिकाको उत्तर दिशामा मोहन्याल गाउँपालिका, दक्षिणमा जोशीपुर गाउँपालिकाको सिमाना छ । पश्चिममा घोडाघोडी नगरपालिकासँग जोडिएको बर्दगोरियाको पूर्वमा लम्कीचुहा नगरपालिका छ । गाउँपालिकाको विभिन्न वट्ठथान भएर काँढा तथा कुइरा नदी बगेको छ । जसले गर्दा यहाँ बालुवा समेत प्रशस्त मात्रामा पाइन्छ । साथै यो गाउँपालिकाको कुल क्षेत्रफल मध्ये करिब १५०९.६१ हेक्टर भू-भाग वनले ओगटेको पाइन्छ । जसमा सामुदायिक, कबुलियत, धार्मिक तथा सरकारी संरक्षित वन छन् ।

प्रस्तुत छ, देशको पश्चिमी प्रदेशहरूको स्थलगत भ्रमणमा रहेका पालिका खबरका सहकर्मी जनकराज पण्डितले बर्दगोरिया गाउँपालिका नवनिर्वाचित अध्यक्ष कर्णबहादुर कुँवरसँग गरेको कुराकानीको सम्पादित अंश ।