close

जनताको हक अधिकार सुनिश्चित गराउने छौँ : मेयर शर्मा (भिडियो कुराकानी)

जनताको हक अधिकार सुनिश्चित गराउने छौँ : मेयर शर्मा (भिडियो कुराकानी)

ADVERTISEMENT

रुपन्देही । गणतन्त्र स्थापनापछिको दोस्रो स्थानीय तह निर्वाचनमा जित हात पार्दै फणेन्द्रप्रसाद शर्मा नेपाली काँग्रेसको तर्फबाट रुपन्देहीको सैनामैना नगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन् ।

यो नगरपालिकाले आफ्नो नारा नै ‘कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सु–संस्कृत, समृद्ध नगर सैनामैनाको आधार’ बनाएको छ ।

लुम्बिनी प्रदेश विशेषतः कृषि, पर्यटन र ठुला उद्योगका लागि परिचित छ । सैनामैना नगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि मेयर शर्माले पनि यही नारालाई नगरपालिकाको समृद्धिको मार्गचित्र बनाएका छन् ।

शिक्षा, कृषि तथा पूर्वाधार विकासमा आगामी ५ वर्ष खर्चिने योजना बर्नाका मेयर शर्माले नगरपालिकालाई सेवाप्रवाहमा समेत छरितो बनाउने बताए ।

साथै उनी जनताले आफ्नो हक अधिकार पाएका छन् कि छैनन् भनेर सबैभन्दा पहिले जानकारी लिनु पर्ने सोही अनुसार जनप्रतिनिधिले आ आफ्नो दायित्व पुरा गर्नु पर्ने बताउँछन् । ‘जनताको हक अधिकार सुनिश्चित गराउने दायित्व नै जनप्रतिनिधिको हो,’ उनी भन्छन् ।

साथै उनी कार्यकालको पहिलो वर्ष आफ्नो ध्यान मानिसको जीवन यापनको विकासमा केन्द्रित रहने बताउँछन् । ‘भौतिक विकास त समय क्रमसँगै हुँदै आएको छ । जनताले त्यो भौतिक विकासको फाइदा पनि लिएका छन्,’ उनी भन्छन्, ‘स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता विषयलाई केन्द्रमा राखेर काम गर्नु पर्छ ।’

प्रस्तुत छ, पालिका खबर सहकर्मी जनकराज पण्डितले मेयर फणेन्द्रप्रसाद शर्मासँग गरेको कुराकानीको सम्पादित अंश ।