close

तारकेश्वरको आफ्नै भवन, नेपाल नगरपालिका संघको आठौँ महाधिवेशन

तारकेश्वरको आफ्नै भवन, नेपाल नगरपालिका संघको आठौँ महाधिवेशन

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेपाल नगरपालिका संघको आठौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ । सोमबारदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा  सुरु भएको महाधिवेशन को उद्घाटन नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । कार्यक्रम आजदेखि बुधबारसम्म तीन दिन सञ्चालन हुने नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधी देवकोटाले जानकारी दिएका छन् । 

उनका अनुसार महाधिवेशनबाट नगरपालिकाले भोग्दै आएको समस्या, अवसर र अभावबारे छलफल हुने जनाइएको छ । उनले तीन दिने कार्यक्रममार्फत आगामी  पाँच वर्षको लागि नयाँ नेतृत्वको चयन हुने बताए ।

  नेपाल प्रहरीले चितवनका सात वटा स्थानीय तहको  सहकार्यमा पाठ्य सामग्री निर्माण गरेको छ ।  
जिल्ला प्रहरी कार्यालय चितवनले चेतनामूलक विद्यालय पाठ्य सामग्री २०७९ तयार गरी जिल्लाका सातै पालिकासँग सम्झौता गरेर पाठ्यक्रमको रुपमा प्रयोग गरेको हो । विसं २०७८ चैत २४ गते भरतपुर महानगरपालिकासँग सम्झौता गरेर पाठ्य सामग्री विद्यालयमा सुरु गरिएकोमा आइतबार इच्छाकामना गाउँपालिकासँग सम्झौता गरी जिल्लाभर पु¥याएको हो ।
जिल्लाका सबै विद्यालयमा पुग्ने गरी पाठ्य सामग्री व्यवस्थापन गरिँदै छ । पाठ्य सामग्रीमा लागुऔषध दुव्र्यसनी, धूमपान, मध्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र महिला तथा बालबालिकाविरुद्ध हुने अपराध समावेश गरिएको छ ।

 तारकेश्वर गाउँपालिकाले आफ्नो नयाँ भवनको निर्माण थालिएको छ । आइतबार सांसद अर्जुननरसिंह केसीले शिलान्यास गर्दै पालिकाको भवन निर्माण कार्य सुरु भएको हो ।  तारकेश्वर–१ रयलछापस्थित भवनको निर्माण कार्य सुरु भएको नगरपालिकाले जनाएको छ । सो भवन निर्माण भएसँगै जनताको सेवा प्रवाहमा सहजता ल्याउने विश्वास नगरपालिकाको छ ।   भवन निर्माणाका लागि छ करोड ४२ लाख रुपैँया बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ । 

 विराटनगर महानगरपालिकाले लोकसेवा आयोगको परिक्षाबाट वैकल्पिकका लागि सिफारिस भएका उम्मेदवारलाई करार सेवामा राख्ने भएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै आयोगको परिक्षामा वैकल्पिकमा सिफारिस भएकोलाई इन्जिनियर र सव इन्जिनियरमा रोजगारी दिने जनाएको हो । 
सूचना अनुसार करार सेवामा इन्जिनियर र सव इन्जिनियरको व्यवस्थापन गर्नुपर्ने भएकोले आर्थिक वर्ष २०७८ र ०७९ देखि हालसम्म आयोगले काठमाडौ, धनकुटा र इलाम कार्यालय तथा प्रदेश लोक सेवा आयोग विराटनगरबाट वैकल्पिक क्रम संख्याको आधारमा छनोट गरिने छ । 

चन्द्रागिरि नगरपालिकाले फोहरलाई छ थरी झोलामा छुट्टाछुट्टै सङ्कलन गर्ने तयारी सुरु गरेको छ ।  मुलुकभरका स्थानीय तहमा फोहर कुहिने र नकुहिने गरी छुट्याउने कार्य चुनौती भइरहँदा चन्दागिरीले फोहरलाई ६ थरी झोलामा संकलन गर्न लागेको हो । 
नगरवासीलाई घरबाट निस्किने फोहरको अधिकांश भाग आफैँ व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा घरलाई छ वटा अगल–अलग झोला वितरण गरिनेछ । नगरपालिका प्रमुख घनश्याम गिरीका अनुसार यसले सङ्कलन हुने फोहरको परिमाण उल्लेख्यरुपमा घटाउन र बाँकी फोहर दीर्घकालीनरुपमा व्यवस्थापन गर्न यस्तो कार्यक्रम सुरु गरिएको हो । 

 तनहुँको व्यास नगरपालिकाले श्रम तथा रोजगार शाखा स्थापना गर्ने भएको छ । नगरपालिकाले पहिलोपटक वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरी शाखा विस्तार गर्न लागेको हो । 
आप्रवासन अवसर र चुनौती दुवै रहेकाले नीतिद्वारा आप्रवासनको सुरक्षा गर्ने उद्देश्यले शाखा स्थापना गरी सहयोग पु¥याउन लागिएको नगरपालिकाले जनाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार गाउँमै उत्पादन गर्ने तयारी भएको छ । 

सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले स्थानीयस्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गर्न लागेको हो । पिठो उत्पादनको लागि तालिम कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।(भिडियोसहित)