close

भानुमा परिवार नियोजन, कुश्मा महिला जनप्रतिनिधिलाई अभिमुखीकरण (भिडियाेसहित)

भानुमा परिवार नियोजन, कुश्मा महिला जनप्रतिनिधिलाई अभिमुखीकरण (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

 परिवार नियोजनाका लागि भानुमा शिविर
तनहुँको भानु नगरपालिकाले निःशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै  शिविर सञ्चालन गर्ने जनाएको हो । 

नगरपालिकाको अनुसार शिविर माघ २४ गते वडा नम्बर ५ स्थित पुरन्डीहि नगर अस्पतालमा शिविर सञ्चालन गर्न लागेको हो  । शिविरमा महिला तथा पुरुषका लागि भ्याक्सेटोमी र मिनिल्याप ९परिवार नियोजन० स्थायी बन्ध्याकरण हुने जनाइएको छ । कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले पालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

कार्यक्रम निरन्तरताका लागि सम्झौता गर्न अनुरोध
दोलखाको वैतेश्वर गाउँपालिकाले तरकारी बाली पकेट विकास कार्यक्रमको निरन्तरताका लागि सम्झौता गर्न अनुरोध गरेको छ । गाउँपालिकाले बिहिबार एक सूचना जारी गर्दै कार्यक्रममा सम्झौता गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुरुप प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायी कृषि उत्पादन केन्द्र तरकारी पकेट कार्यक्रममा निरन्तरता दिन सम्झौता गर्न अनुरोध गरेको हो
 

यशोधरामा मेलमिलापकर्तासम्बन्धि एकदिने अभिमुखीकरण
कपिलवस्तुको यशोधरा गाउँपालिकाले न्यायिक समिति तथा मेलमिलापकर्ताहरुको काम, कर्तव्य र विवाद निरुपण सम्बन्धि अभिमुखीकरण गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुरुप एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार सो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले माघ ९ गतेभित्र आवेदन दिन सक्ने छन् । योग्यता पुगेका व्यक्तिलाई आवेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ ।

 
 सिद्धलेकमा रोजगारीको अवसर
धादिङको सिद्धलेक गाउँपालिकामा करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो । 

गाउँपालिकाको अनुसार हेल्थ असिस्टेन्ट पदमा १ जना र  ल्याव असिस्टेन्ट पदमा १ जना गरी २ जना कर्मचारी माग गरेको हो । गाउँपालिकाले रिक्त पदमा स्थायी सेवामा भर्ना वा सरुवा भई आएमा स्वत हटने गरी कर्मचारी माग गरेको जनाइएको छ । 
 
योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र लोक सेवा आयोगको ढाँचामा फाराम भर्न आवेदन दिन अनुरोध गरेको गाउँपालिकाले जनाएको छ । आवेदकहरुलाई लिखित तथा प्रयोगात्मक प्रतिस्प्रर्धा गराएर सेवामा राखिने जनाइएको छ । 
 

महिला जनप्रतिनिधिलाई अभिमुखिकरण 
कुश्मा नगरपालिकाले महिला जनप्रतिनिधिलाई अभिमुखिकरण कार्यक्रम प्रदान गरेको छ।

कार्यक्रममा कुश्मा नगरमा निर्वाचित महिला जनप्रतिनिधिका साथै नगरपालिकाका महिला कर्मचारीको सहभागिता रहेको नगरपालिकाले जनाएको छ।


पालिकाकी उप–प्रमुख  स्वस्थानी रिजालको अध्यक्षतामा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ मार्फत प्रशिक्षण कार्यक्रम भएको हो ।
 

मृगौला प्रत्यारोपणका लागि सुनकोसीको ५ हजार
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाले जटिल रोगका बिरामीलाई मासिक रु पाँच हजार उपलब्ध गराउन थालेको छ । मिर्गौला प्रत्यारोपण गरेका, डायलायसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षघात भएकालाई औषधोपचारका लागि सहयोग गर्न थालिएको हो । 

नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहलाई निर्देशन दिएको थियो ।

 आँबुखैरेनीमा आँखा उपचार केन्द्र
तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखाको सम्पूर्ण उपचार गर्ने भएको छ । पालिकावासीलाई सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले आँखासम्बन्धी सम्पूर्ण उपचार गर्न लागिएको हो ।

आँबुखैरेनी लायन्स क्लबको सहकार्यमा उक्त नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाबीच संयुक्तरुपमा आँबुखैरेनी अस्पतालमै आँखा उपचार केन्द्र सञ्चालन गर्ने सहमति गरिएको थियो ।

पालिकाका अध्यक्ष शुक्र चुमानले उक्त सेवाका लागि उक्त सङ्घ र भरतपुर आँखा अस्पतालसँग द्विपक्षीय सम्झौता गरिएको जानकारी दिए ।