close

निसीखोलामा ‘मगर खाम भाषा’मा पाठ्यक्रम, माडीमा करार सेवामा अनमी माग (भिडियाेसहित)

निसीखोलामा ‘मगर खाम भाषा’मा पाठ्यक्रम, माडीमा करार सेवामा अनमी माग (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

निसीखोलामा ‘मगर खाम भाषा’मा पाठ्यक्रम

बागलुङको निसीखोला गाउँपालिकाले पालिकामा बोलिने ‘मगर खाम भाषा’ मा पाठ्यक्रम बनाएको छ । आगामी शैक्षिक शत्रमा नयाँ पाठ्यक्रम कक्षा एकदेखि आठसम्म लागू गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयराज पुनले जानकारी दिए। 

उनका अनुसार अघिल्लो वर्ष नै पाठ्यक्रम निर्माण गरिएको थियो । तर पालिकामा बोलिने मगर खाम भाषा समावेश नहुँदा पाठ्यक्रम कार्यान्वयन गर्न नसकिएको हो । निसीखोला– ५ र ६ मा बसोबास गर्ने स्थानीय ‘मगर खाम भाषा’ बोल्ने गर्छन् । अन्य वडामा भने यो भाषा प्रयोग हुँदैन । गाउँपालिकाले नेपाली र मगर खाम भाषा दुवैमा पाठ्यक्रम नर्माण गरेर पाठ्यपुस्तक तयार गर्ने उनको भनाइ छ । 

गोलन्जोरमा गोठ सुधार कार्यक्रम

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले गोठ, गोठमल सुधार तथा पशु मुत्र  संकलन कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत योजना अनुरुप सो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको हो  । कार्यक्रममा सहभागी हुन चाहने फार्म, सहकारी, समूहले चैत १४ गतेभित्र तोकिएको ढाँचामा आवेदन दिन सक्ने जनाएको छ । 

कार्यक्रम सञ्चालन गर्नको लागि गाउँपालिकाले २ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सो कार्यक्रम ५० प्रतिशत साझेदारी अन्तर्गत सञ्चालन हुने गाउँपालिकाले जनाइएको छ । 

अनुदानमा मल उपलब्ध गराउँदै महाङ्काल

ललितपुरको महाङ्काल गाउँपालिकाले अनुदानमा मल उपलब्ध गराउने भएको छ । शुक्रबार गाउँपालिकाले एक सुचना जारी गर्दै महाङ्काल–२ स्थित श्री शिशिर कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट अनुदानको मल उपलब्ध गराउने जनाएको छ । 

अनुदान मल व्यवस्थापन निर्देशिका २०७७ बमोजिम १०० बोरा युरिया तथा १३० बोरा डिएपी मल वितरण गर्न लागिएको हो। मल चैत ४ गतेदेखि वितरण गर्न थालिने सुचनामार्फत जनाइएको छ । 

बीस वर्ष  पुगेपछि विवाह गरे रू दश हजार पुरस्कार

कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ । यही चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई रू १० हजार दिने निर्णय गरेको हो । 

बालविवाहका घटना बढ्दै जान थालेकाले त्यसलाई रोकथाम गर्ने उद्देश्यले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई पुरस्कार दिने निर्णय गरिएको वडाध्यक्ष प्रेमबहादुर शाहीले बताए।

गोकर्णेश्वरमा करार सेवामा कर्मचारी माग

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाको २०७९–०८० को स्विकृत बाख्रापालन प्रर्वद्धन कार्यक्रम सञ्चालन तथा कार्यान्वयन गर्न सामाजिक परिचालन पदमा एकजना कर्मचारि माग गरेको हो। 

नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै १५ दिन भित्र पालिकाको कार्यालयमा गइ आवश्यक कागजात सहित इच्छुक योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्ने जनाएको छ । 

साझेदारीमा सिविआर कार्यक्रम सञ्चालन गर्दै मनहरी

मकवानपुरको मनहरी गाउँपालिकाले साझेदारीमा समुदायमा आधारित पुर्नस्थापना (सिविआर) कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै अपांगता भएका व्यक्तिहरुको लागि समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। 

कार्यक्रम सञ्चालन गर्नको लागि स्थानीय संघसंस्थासँग साझेदारी गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ । इच्छुक गैरसरकारी

माडीमा करार सेवामा अनमी माग

चितवनको माडी नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै पालिका अन्तर्गत बर्थिङ सेन्टर सञ्चालन रहेको स्वास्थ्य केन्द्रका लागिकरार सेवामा कर्मचारी माग गरेको छ। 

इच्छुक व्यक्तिले सूचना प्रकासित भएको १५ गते भित्र अर्थात चैत्र १६ गतेसम्म आवश्यक कागजातसहित आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।