close

सरकारी विद्यालयमा  पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा, धनौजीमा करार सेवामा कर्मचारी माग

सरकारी विद्यालयमा  पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा, धनौजीमा करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो

काभ्रेपलाञ्चोकको पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको पाइएको छ । पाँचखाल नगरपालिका र लवग्रीन नेपालले पाँच वर्षअघि सुरु गरेको वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजना ९आइपीएम०ले कीटनाशक तथा ढुसीनाशक विषादी प्रयोग कमी आएको तथ्याङ्क सार्वजनिक गरेको छ।

पाँचखालको विभिन्न मितिमा विभिन्न प्रकारका तरकारी परीक्षणसम्बन्धी आधारभूत सर्वेक्षण र अन्तिम सर्वेक्षणको परिणामबाट विषादीको प्रयोग कम गरी जैविक विषादीको प्रयोग धेरै हुन थालेको जनाइएको हो । खाद्य प्रविधि प्रयोगशालामा विषादीको ४५  प्यारामिटरमा विश्लेषण गर्दा विषादीको रुकावट ९इमिसन रेट० ८५ प्रतिशत रहेको अर्थात नमूनामा विषादीको कुनै पनि अवशेष नपाइएको र १५ प्रतिशतमा तोकिएको मापदण्डभन्दा निकै कम प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सरकारी विद्यालयमा  पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा

तनहुँको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा  प्रदान गर्ने भएको छ ।  

गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेको उनले बताए। स्वास्थ्य बीमा गरेपछि नागरिकले रु एक लाख बराबरको निःशुल्क उपचार सेवा लिन सक्नेछन्।

देवचुली नगरले विपन्न परिवारलाई घर बनाइदिँदै

नवलपरासीको देवचुली नगरपालिकाले अतिविपन्न परिवारलाई निःशुल्क रूपमा घर निर्माण गरी हस्तान्तरण गर्ने योजना कार्यान्वयनमा ल्याएको छ । 

पालिकाका सबै वडामा पहिचान गरिएका अतिविपन्न परिवारका लागि निःशुल्क घर निर्माण गर्ने योजनाअनुसार काम अघि बढेको नगरप्रमुख हरिप्रसाद न्यौपानेले बताए । चालु आर्थिक वर्षमा २५  घर निर्माण गर्ने योजना नगरपालिकाको छ। सबै वडामा कम्तीमा एक  अतिविपन्न परिवारलाई समेट्ने गरी परिवार छनोट गरी काम अघि बढाइएको उनले जानकारी दिए । 

रुरुक्षेत्रमा मदिराजन्य वस्तुको होर्डिङ बोर्ड राख्न नपाइने

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले मदिराजन्य वस्तुको होर्डिङ बोर्ड हटाउन निदेशन दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाक्षेत्रमा राखिएका होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको हो । 

चैत १२ गते बसेको कार्य पालिकाको बैठकले होर्डिङ बोर्ड हटाउने निर्णय गरेको जनाइएको छ । पालिकाको निर्देशन बमोजिम बोर्ड नहटाएमा सम्बन्धित व्यक्ति तथा संस्थालाई कानुन बमोजिम सजाय दिने गाउँपालिकाले जनाएको छ । 

अति विपन्न नागरिकलाई निःशुल्क घर बीमा

चितवनको माडी नगरपालिकाले अति विपन्न नागरिकहरुको निःशुल्क घर बीमा गरिदिने भएको छ।  एक लाख पचास हजार रुपैयाँसम्म मुल्यांकन हुने बीमा गर्दा लाग्ने शुल्क नगरपालिकाले भुक्तानी गरिदिन लागेको हो।

जंगली जनावरको आक्रमण, आगालागी लगायतका विपदबाट नगरपालिकामा वर्षेनी घरहरुमा क्षति भइ सर्वसाधरण मर्कामा परेकाले नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो। आ–आफ्नो वडा कार्यालयमा घर विमाको लागि सम्पर्क गर्न नगरपालिकाले सोमबार एक सुचना जारी गरि गर्दै अतिविपन्न नागरिकलाई अनुरोध गरेको छ।  

तरकारीको वीउ उत्पादन गर्दै भीमेश्वर

दोलखाको भीमेश्वर नगरपालिकाले तरकारी वीउ उत्पादन कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै चालू आर्थिक वर्षमा स्वीकृत अनुरुप तरकारीको वीउ उत्पादन कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। 

कार्यक्रममा सहभागी हुन चाहने कृषक, सहकारी संस्था तथा फार्मले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन छन्। कार्यक्रम सञ्चालन गर्नको लागि नगरपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । 

धनौजीमा करार सेवामा कर्मचारी माग

धनुषाको धनौजी गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ। गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै पालिकाको पदपूर्ति समितिको निर्णय बमोजिम खुल्ला प्रतिस्प्रर्धाबाट एक जना कम्प्यूटर अपरेटर र एक जना अनमिलाई करार सेवामा माग गरेको जनाएको छ।

योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।