close

धनगढीमाईले सिँचाइ मिटरको बिल भुक्तानी गर्ने,  मापदण्डविपरितको संरचना हटाउन रत्ननगरको निर्देशन (भिडियाेसहित)

धनगढीमाईले सिँचाइ मिटरको बिल भुक्तानी गर्ने,  मापदण्डविपरितको संरचना हटाउन रत्ननगरको निर्देशन (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

महानगरको वडा नम्बर ३० मा विद्युतीय प्रणालीबाट सेवा सुरु
काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० वटामा विद्युतीय प्रणालीबाट सेवा सुरु भएको छ ।  एकीकृत विद्युतीय सेवा प्रणाली अन्तर्गतको ई शिफारिसबाट वडा कार्यालयले सेवा सुरु गरेको हो । 


प्रणालीमा पुग्न सेवाग्राहीले काठमाडौँ महानगरपालिकाको लोगो भएको केएमसी मोवाइल एप डाउनलोड गरेर सञ्चालन गर्न सक्नेछन्। मोवाइल एप्लिेकसनबाट प्राप्त विवरणका आधारमा विवरण रुजु गर्ने, राजस्व तथा शुल्क भुक्तानी गर्ने र सबै प्रक्रिया पूरा भएपछि डिजिटल सिग्नेचरसहितको डकुमेन्ट सेवाग्राहीलाई प्राप्त हुन्छ । 


 म्यागङमा गाउँपालिका अध्यक्ष पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने
नुवाकोटको म्यागङ गाउँपालिकाले पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै प्रतियोगिता आगामी बैशाख ८ गतेदेखि १२ गतेसम्म वडा नम्बर ५ स्थित श्री जालपादेवी मन्दिर खेल मैदानमा बिहान १० बजेदेखि सञ्चालन हुने जनाएको छ । 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सिङदेनले पालिकामा खेल क्षेत्रको प्रर्वद्धनका लागि पालिकाले सो प्रतियोगिता आयोजना गर्न लागेको बताए । प्रतियोगितामा प्रथमहुनेलाई २ लाख, द्धितीयलाई १ लाख र तृतीयलाई ५०००० नगद तथा मेडल वितरण गरिने गाउँपालिकाले जनाएको छ । 


 मेलमिलापकर्तामा सूचीकृत हुन आँबुखैरेनीको अनुरोध
तनहुँको आँबूखैरेनी गाउँपालिकाले मेलमिलापकर्तामा सूचीकृत हुन अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै विभिन्न मेलमिलापकर्तालाई सूचीकृत गर्न लागेको हुँदा पालिकाले अनुरोध गरेको छ। 


योग्यता पुगेका इच्छुक व्यक्तिले बैशाख ५ गतेभित्र सम्बन्धित वडा कार्यालयमा आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । मेलमिलापसम्बन्धि तालिम लिएको, कुनै राजनीतिक दलमा आबद्ध नभएको, समाजसेवीको रुपमा परिचित व्यक्तिले नागरिकताको प्रतिलिपि, दुई वटा फोटोसहित आवेदन दिन सक्नेछन्।


 शुक्लाफाँटामा जग्गा कित्ताकाट खुला
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जग्गा कित्ताकाट  खुला गरेको छ । जग्गा वर्गीकरण गर्ने कार्य पूरा नहुँदा छ महिनादेखि जग्गासम्बन्धीका कार्य अगाडि बढ्न सकेका थिएनन् । 


नगरपालिकाको स्थानीय भूउपयोग परिषद्ले क्षेत्राधिकारभित्रको जग्गाको वर्गीकरणको सूचना राजपत्रमा प्रकाशित गरेसँगै जग्गा कित्ताकाटको कार्य खुला भएको हो । नगरपालिकाले नगर क्षेत्रत्रिको २१ हजार चार हजार नौ कित्ताको वर्गीकरण गरेको छ ।

 
नगरपालिकाको नापी शाखाका प्रमुख हेमराज अवस्थीका अनुसार कृषि क्षेत्र २२ दशमलव २१ प्रतिशत, आवासीय क्षेत्र १२ दशमलव ५० प्रतिशत, व्यावसायिक क्षेत्र १ दशमलव ४०, औद्योगिक क्षेत्र शून्य दशमलव १७, खानी तथा खनिज क्षेत्र शून्य दशमलव ०३ प्रतिशतका क्षेत्रमा वर्गीकरण गरिएको छ ।


घरपझोङमा वियर बोतल प्रयोग गर्न निषेध
मुस्ताङको घरपझोङ गाउँपालिकाले वियरको बोतल प्रयोग नगर्न निर्देशन दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी बैशाख १ गतेदेखि वियरको बोतल प्रयोग नगर्न निर्देशन दिएको हो । 


पालिका क्षेत्रमा वियरको सिसाको बोतल उचित तरिकाले व्यवस्थापन गर्न नसकेकोले सो निर्देशन दिएको हो । गाउँपालिकाभित्रका होटेल, रेष्टुरेन्ट, पसल तथा पर्यटक घुम्न आउने क्षेत्रमा वियरको बोतल प्रयोग गर्न निषेध गरेको गाउँपालिकाले जनाएको छ । पालिका क्षेत्रको वातावरण सफा राख्नको लागि गाउँपालिकाको कार्यपालिकाले सो निर्णय गरेको हो ।

 
 मापदण्डविपरितको संरचना हटाउन रत्ननगरको निर्देशन
चितवनको रत्ननगर नगरपालिकाले मापदण्ड पालना गरी निर्माण भएका भवन तथा टहरा हटाउन निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पालिका क्षेत्रमा मापदण्ड पुरा नगरी बनेको भवन संरचना, अस्थायी टहरा हटाउन निर्देशन दिएको हो । 


मापदण्ड विपरित निर्माण भएका संरचना सूचना प्रकासित भएको ३५ दिनभित्र हटाउन नगरपालिकाले निर्देशन दिएको हो । निर्देशन अटेर गरेमा नगरपालिकाले आवश्यक खर्च घरधनीसँग लिएर संरचना हटाउने जनाइएको छ। 

 धनगढीमाईले सिँचाइ मिटरको बिल भुक्तानी गर्ने
सिराहाको धनगढीमाई नगरपालिकाले कृषकहरुको सिँचाई मिटरको बिल भुक्तानी गर्ने भएको छ । एक सूचना जारी गर्दै चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले स्थानीय बासिन्दाको सिँचाईको बिल भुक्तानी गर्न लागेको जनाएको छ । 
नगर क्षेत्रका किसानलाई प्रोत्साहन तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्नको लागि सो कार्यक्रम सञ्चालन गर्नको लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेले बताए । असार मसान्तसम्मको महसुल कृषक आफैँले र साउन महिनादेखिको सिँचाइको बिल नगरपालिकाले तिर्ने छ।