close

केपिलासगढीको बाक्सिलामा स्वास्थ्य शिविर, लोकसेवा आयोगका बैकल्पिक उम्मेदवारलाई करारमा छनौट गर्दै हेटौंडा

केपिलासगढीको बाक्सिलामा स्वास्थ्य शिविर, लोकसेवा आयोगका बैकल्पिक उम्मेदवारलाई करारमा छनौट गर्दै हेटौंडा

Trulli
ADVERTISEMENT

महानगरमा एक महिनामा २ हजार आठ सयलाई निःशुल्क कानुनी सेवा

काठमाडौँ महानगरपालिकाले चैत महिनामा करिब २ हजार ८०० जनालाई निःशुल्क कानुनी सेवा उपलब्ध गराएको छ । मंगलबार कानुन तथा मानव अधिकार विभागले आयोजना गरेको न्यायिक सहजकर्ताको १ महिना अवधिको समीक्षा कार्यक्रममा २ हजार ८०९ जनालाई निःशुल्क कानुनी सेवा उपलब्ध गराएको जनाइएको छ। 

न्यायिक सहजकर्तामार्फत उपलब्ध गराइएको न्यायिक सेवामा १ हजार ७३८ जनाको कानुनी लिखत तथा अन्य लिखत मस्यौदा गरिएको छ। ७४७ जनालाई मौखिक कानुनी तथा न्यायिक परामर्श र ३२७ जनालाई अन्य ९प्रशासनिक० सेवा उपलब्ध गराइएको छ।  

केपिलासगढीको बाक्सिलामा स्वास्थ्य शिविर

खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो । 

दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार एक सय दुई जनाले सेवा लिएका छन् । स्वास्थ्य शिविरबाट स्त्रीरोग, बालरोग, शल्यक्रिया, मानसिक तथा नशारोग, हाडजोर्नी तथा नशा, छालारोग, नाक, कान, घाँटी, आँखा, दन्तरोग, मिर्गौला रोग, मुटुरोगलगायतका बिरामीले सेवा लिएको गाउँपालिकाका अध्यक्ष समिर राईले जानकारी दिए। 

लोकसेवा आयोगका बैकल्पिक उम्मेदवारलाई करारमा छनौट गर्दै हेटौंडा

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले करार सेवामा लोक सेवा आयोग वा प्रदेश लोकसेवा आयोगका वैकल्पिक व्यक्तिलाई छनौट गर्ने भएको छ ।

उपमहानगरपालिका एक सूचना जारी गर्दै विभिन्न पदमा १८ जना कर्मचारी माग गरेको छ । विभिन्न विज्ञापनमा बैकल्पिक वा अस्थायी सूचीमा सूचीकृत व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिनन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । आवेदकहरुको योग्यताक्रमको आधारमा करार कर्मचारीमा छनौट गरिन उपमहानगरपालिकाले जनाएको छ । 

रेचेघाटमा पक्की पुल निर्माण

पाल्पाको निस्दी गाउँपालिका–६ र पूर्वखोला गाउँपालिका–१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ ।

जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा प्रालि, स्याङ्जाले ठेक्का लिएको उक्त पुल कुल रु चार करोड ४८ लाखको लागतमा निर्माण गरिएको हो । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास, खानेपानी तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले मङ्गलबार ४६ मिटर लामो उक्त पुलको उद्घाटन गरेका हुन्। 

आमाको मुख हेर्नेदिन चन्द्रागिरिमा स्थानीय बिदा

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले भोली अर्थात् मातातीर्थ औँसीको दिन बिदा दिने भएको छ। नगरपालिकाको अनुसार वडा नं ६ महादेवस्थानमा अवस्थित मातातीर्थ कुण्डमा मेला लाग्ने भएकाले उक्त दिन सार्वजनिक विदा दिन लागिएको हो।

नगरपालिकाको कार्यपालिकाको बैठकको निर्णयअनुसार आमाको मुख हेर्नेदिन विदा दिने निर्णय गरिएको हो।

भरतपुरमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

चितवनको भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ७४ जनाले रोजगारी पाएका छन् । १८ जनालाई कामका लागि निजी क्षेत्रमा पठाइएको र पाँच जनाले ‘इन्टन’ गरिरहेको महानगरले जनाएको छ। महानगरको अनुसार आउँदो वर्षका लागि आठ सय ९० जनाले महानगरको प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिइसकेका छन् ।

महाभारतमा दुई अर्बका सडक योजना सञ्चालन

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा हाल रु दुई अर्बका सडक योजना सञ्चालनमा छन् । महाभारतको भुमेचुली–बुढाखानी–तिनखुट्टे करिब १८ किलोमिटर सडक कालोपत्रसहित निर्माण गर्न रु ९९ करोड रकम विनियोजन भएको थियो । 

यस्तै तिनखुट्टे–देवीटार आठ किलोमिटर सडकका लागि रु ४९ करोड रकम विनियोजन भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार हाल देवीटार–गोकुले करिब सात किलोमिटर सडकलाई रु ४८ करोड रकमको स्रोत सुनिश्चित भएको छ ।