close

किसानलाई तरकारी बीउ वितरण, गलकोटको सार्वजनिक स्थानमा सीसीटीभी जडान (भिडियाेसहित)

किसानलाई तरकारी बीउ वितरण, गलकोटको सार्वजनिक स्थानमा सीसीटीभी जडान (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

किसानलाई तरकारी बीउ वितरण

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ का सबै घरधुरीलाई उन्नत बीउ वितरण गरिएको छ । खार्पुनाथ–५ किसान व्यावसायिकरूपमा तरकारी खेती गर्न आकर्षित गर्ने उद्देश्यले बीउ वितरण गरिएको हो ।

वडाध्यक्ष भरतजङ्ग शाहीले वडाभित्रका सबै तीन सय ६३ घरधुरीलाई सात प्रकारका उन्नत बीउ रु १० मा वितरण गरिएको जानकारी दिए। वितरण गरेका बिउमा काउली, बन्दा, टमाटर, गाँजर, मुला, धनियाँ र सागका बीउ रहेका छन् ।

डोटीका ३३ वडामा छैनन् वडासचिव

डोटी जिल्लाको ६५  वडामध्ये ३३  वडामा वडासचिवको दरबन्दी रिक्त रहेको छ । पालिकामा कर्मचारी अभाव भए पनि पालिकामा रिक्त दरबन्दीअनुसारका कर्मचारी लोकसेवामा माग नगर्नुले स्थानीय तहमा कर्मचारी अभाव हुने गरेको सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका उपसचिव हीरालाल चौधरीले बताए। 

प्रदेशका ८८  स्थानीय तहमध्ये ३९–४० स्थानीय तहले मात्रै केही आवश्यक कर्मचारी माग गरेको उनले बताए। 

गलकोटको सार्वजनिक स्थानमा सीसीटीभी जडान

बागलुङको गलकोट नगरपालिकाले सार्वजनिक स्थानमा सीसीटीभी क्यामेरा सञ्चालनमा ल्याएको छ । नागरिकलाई शान्तिको प्रत्याभुति दिलाउन नगर भित्रका सार्वजनिक स्थानमा सीसीटीभी क्यामेरा सञ्चालनमा ल्याइएको हो । 

नगर प्रमुख भरत शर्मा गैरेले प्रहरीको सिमीत स्रोत साधनले मात्र शान्ति सुरक्षा कायम गर्न पर्याप्त नहुने र अपराधिक अनुसन्धानमा सहयोग पुर्याउन प्रविधिलाई प्रयोगमा ल्याईएको बताए । पालिका भित्रका १९ स्थानमा २० वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ।

१५ दिनभित्र अनावश्यक तार हटाउन महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले बिजुली, टेलिफोन, इन्टरनेट तथा केबलका तार हटाउन तथा ट्याग लगाउन अनुरोध गरेको छ। महानगरले मंगलबार एक सुचना प्रकासन गर्दै पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएका तथा लत्रिएका तार हटाउन सरोकारवाला संघसंस्थालाई अनुरोध गरेको छ।

महानगरले सुचना प्रकासित भएको १५ दिन भित्र अनावश्यक तार हटाइसक्न निर्देशन दिएको छ । १५ दिनपछी महानगर आफैले तार हटाउन सुरु गर्ने र त्यसबाट लाभग्राहीलाई पर्नसक्ने असुविधाको जिम्मेवारी स्वयमं सेवा प्रदायकको हुने महानगरले जनाएको छ। 

सियारीको बेरुजु जिल्लामै सबैभन्दा कम

रुपन्देहीको सियारी गाउँपालिकामा जिल्लामै सबैभन्दा कम बेरुजु आएको छ । रुपन्देहीका १६ वटा पालिकामध्ये सियारी गाउँपालिका १ प्रतिशत भन्दा कम बेरुजु आएको हो।

सियारीमा शुन्य दशमलव ८८ प्रतिशत मात्र बेरुजु रहेको महालेखा परिक्षकको कार्यालयले जारी गरेको ६० औं वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आरन सुधार कार्यक्रम सञ्चालन गर्दै खनियाबास

धादिङको खनियाबास गाउँपालिकाले आरन सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले सोमबार एक सुचना प्रकासन गर्दै चालु आर्थिक वर्षको वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत ‘आरन सुधार कार्यक्रम’ पाँचवटै वडामा सञ्चालन गर्न लागेको जनाएको छ। 

कार्यक्रममा सहभागी हुन चाहने आरन व्यवसायीहरुले व्यवसायको अवस्था स्पष्ट जानकारी खुल्ने कागजात , फोटो र सम्बन्धित वडाको सिफारिससहित पालिकामा आवेदन दिन सक्नेछन्। सुचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन पालिकाभित्रका सम्पूर्ण आरन व्यवसायिलाई गाउँपालिकाले अनुरोध गरेको छ। 

भक्तपुर र सुन्दरहरैचाका प्रमुखबीच भेटवार्ता 

भक्तपुरको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र मोरङ्गको सुन्दरहरैचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाईंबीच भेटवार्ता भएको छ । भक्तपुर नगरपालिकाको सभाकक्षामा मंगलबार दुइ नगरप्रमुख बीच भेटवार्ता भएको हो । 

कार्यक्रममा दुई पालिकाका जनप्रतिनिधिहरुबीचको अनुभव आदान प्रदान गरिएको छ । यस्तो छलफलबाट एउटा पालिकाको अवस्थाबारे अर्के पालिकालाई सिकाई हुने र जनप्रतिनिधिहरुबीचको निरन्तर छलफलबाट स्थानीय तहहरुबाट प्रदान हुने सेवा सुविधा राम्रो हुने जनाइएको छ।