close

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन लिखुपिके (भिडियाेसहित)

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन लिखुपिके (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

सोलुखुम्बु । लिखुपिके गाउँपालिकामा महिनौदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । गाउँपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नभएपछि सेवा प्रवाहमा समेत समस्या भएको छ । 

 प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणका काम, आर्थिक कारोबार, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तालगायतका काम ठप्प रहेको छ ।

महिनौंदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयले सम्पादन गर्ने काम समेत रोकिएका छन् । विकास निर्माण कार्य ठप्प भएका छन् । प्रमुख प्रशासकीय अधिकृत नभएकोले गर्दा विभिन्न  समस्या भएको लिखुपिके गाउँपालिकाका अध्यक्ष मिना कार्की (बस्नेत) ले बताइन् । 

गाउँपालिकामा फाल्गुन देखि अधिकृत नहुँदा पालिकाका सबै कामकाज रोकिएका छन्। निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिइएको छैन। यसले गर्दा विकास निर्माणका काम, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तालगायतका काम ठप्प रहेका छन् । 

 चालू आर्थिक वर्षको छोटो समय मात्रै बाँकी रहँदा योजनाको सम्झौतादेखि लिएर अधिकांश विकास निर्माणका कामहरुको आर्थिक समस्या देखिएको छ । यसले गर्दा गाउँपालिका थप समस्या आउन सक्ने देखिन्छ । त्यसैले तत्काल यो समस्याको समधान गर्न सम्बन्धित निकाय लाग्नु पर्दछ ।