close

स्थानीय तहको पहलमा अटो रिक्सा चालकको स्वाब संकलन 

स्थानीय तहको पहलमा अटो रिक्सा चालकको स्वाब संकलन 

Trulli
ADVERTISEMENT

जिल्लाका २ स्थानीय तहले नगरका जनताको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर अटो रिक्सा चालकहरूको स्वाब पिसिआर टेस्टका लागि पठाएका छन् । 

बिर्तामोड नगरपालिकाले ९ सय ७१ जनाको स्वाबको नमुना संकलन गरेको छ । बिर्तामोड नगरपालिकाले एकै दिन सोही संख्या बराबरका सिटी तथा टेम्पो चालकहरूको स्वाबको नमुना संकलन गरेका नगरका स्वास्थ्य संयोजक ओमबहादुर खड्काले जानकारी दिए ।

``

बिर्तामोडमा अटो रिक्सा चालकको स्वाब संकलन गरिँदै  

टेम्पो चालकहरू धेरै जोखिममा देखिएकाले संक्रमण बढ्ने डर आशंकामा पिसिआर टेस्टका लागि स्वाब संकलन गरिएको बिर्तामोड नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।

टेम्पो तथा सिटी रिक्सा चालकका कारण बिर्तामोड आउजाउ गर्ने मानिसहरू पनि जोखिममा थिए । शिवाकोटीले भने, ‘अन्य क्षेत्रभन्दा पनि अटो रिक्सा जहाँ पनि पुग्ने भएकाले नगरपालिकाले नै पिसिआर टेस्ट गराएको हो ।’

गत मंगलबार र बुधबार लिइएको स्वाबको रिपोर्ट आएपछि मात्र चालकहरूले पिसिीआर रिपोर्ट देखाएपछि ट्याम्पो र अटो चलाउन पाउनेछन् । 

शिवाकोटीले भने, ‘गत बिहीबारबाटै नगरभित्र पिसिआर रिपोर्ट नआउन्जेल कुनै पनि अटो सञ्चालनमा आउन दिएका छैनौं ।  पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र अटो सञ्चालनमा ल्याइनेछ ।’ 
बिरामी बोकेर अन्य स्थानीय तहबाट आएका अटो रिक्साले बिर्तामोड नगर प्रवेश गर्ने ठाउँसम्म मात्र बिरामी ल्याउन पाउनेछन् । उक्त स्थानबाट बिरामीको हकमा नगरपालिकाको एम्बुलेन्सले निःशुल्क बिरामी अस्पतालसम्म लैजाने व्यवस्था गरिएको नगरप्रमुख शिवाकोटीले जानकारी दिए ।

शिवाकोटीले भने, ‘हामीले सैलुन, ब्युटिपार्लर, सपिङ सेन्टर सञ्चालकहरूको पनि पिसिआर गराउने तयारीमा छौं ।’ 

झापाकै अर्को नगरपालिका अर्जुनधारा क्षेत्रमा अटो सञ्चालन गर्दै आएका चालकहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । 

नगरपालिकाको स्वास्थ्य शाखामार्पmत शनिश्चरे क्वारेन्टाइनमा बिहीबार र शुक्रबार गरी ५ सय १५ जनाको स्वाब संकलन गरिएको नगरपालिकाका कार्यकारी अधिकृत पंकज भुर्तेलले जानकारी दिए । उनकार अनुसार स्वाब संकलन गरिएकामध्ये ६ जना क्वारेन्टाइनका र ३ जना दीर्घ रोगी छन् ।

स्वाब संकलनका लागि करिब ६ सय ७० जनाले नाम र नम्बर टिपाएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताए । बिहीबार २ सय जना र शुक्रबार ३ सय १५ जनाको स्वाब संकलन गरिएको छ । 

संकलन गरिएको स्वाब कोभिड अस्पताल विराटनगर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको छ । 

दुवै नगरको आग्रहलाई बेवास्ता गरी पिसिआर रिपोर्ट नआईकनै अटो चलाउने चालक र अटो रिक्सा चढ्ने यात्रुलाई १ हजार रुपैयाँ जरिवाना गरिने झापाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए ।