close

धरान उप-महानगरले सुरु गर्यो अनलाइन कर सेवा  

धरान उप-महानगरले सुरु गर्यो अनलाइन कर सेवा  

Trulli
ADVERTISEMENT

धरान - धरान उप-महानगरपालिकाले अनलाइन कर भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । अब घरबाटै वा संसारको जुनसुकै ठाउँबाट पनि अनलाइनमार्फत कर तथा राजश्व तिर्न सकिने उप-महानगरपालिकाले जनाएको छ । 

 

शुक्रबारदेखि पूर्णरुपमा काम शुरु भएको उप-महानगरका सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए  । विहीबार नगरप्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारीको घर जग्गाको कर अनलाइनमार्फत तिरेर सेवा शुभारम्भ गरिएको थियो ।

 

उप-महानगरपालिकामा जनता आफै उपस्थित भएर कर तिर्न कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अनलाइन सेवा शुरु गरिएको उपप्रमुख भण्डारीले बताइन् । 

 

कर तिर्नका लागि नाम टिपाएपछि उप-महानगरले युजर र पासवर्ड वितरण गर्नेछ । त्यसपछि स्वदेश तथा विदेश जहाँबाट पनि नेपालको कुनै बैंकमा रहेको आफ्नो खाताबाट कनेक्ट आइपिएसका माध्यमबाट वा इ सेवा बालेटबाट सजिलै कर तथा राजश्व भुक्तानी गर्न सकिने सूचना अधिकृत खतिवडाले जानकारी दिए ।