close

तिलोत्तमाकाे सिकाइ सहजीकरणको शुल्क निर्धारण

तिलोत्तमाकाे सिकाइ सहजीकरणको शुल्क निर्धारण

Trulli
ADVERTISEMENT

रुपन्देही– तिलोत्तमा नगरपालिकाले विद्यार्थी सिकाइ सहजीकरणको शुल्कनिर्धारण गरेको छ । गत शैक्षिकसत्रमा गरिएको शुल्कलाई आधार मानेर नगरपालिकाको नगर शिक्षा समितिले शुल्कनिर्धारण गरेको हो । 


केही दिनअघि पत्राचार गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीयतहलाई शुल्कनिर्धारण गर्ने जिम्मा दिएको थियो । तिलोत्तमा नगरपालिकाका निजी स्कुलले मासिक शिक्षण शुल्कलाई आधार मानी ७५ प्रतिशत मात्रै शुल्क उठाउन स्वीकृति दिएको छ । नगरपालिकामा ३९ वटा संस्थागत विद्यालय छन् । ती विद्यालयमा करिब २४ हजार विद्यार्थी अध्ययनरत छन् ।


विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ को दफा ३० मा भएको व्यवस्थाअनुसार नगर शिक्षा समितिको बैठकले विद्यार्थीबाट उठाइने शुल्कनिर्धारण गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका शिक्षा प्रमुख गंगाराम आचार्यका अनुसार नगरपालिकाले निर्धारण गरेको शुल्क असारदेखि मात्रै विद्यालयहरूले लिन पाउने छन् ।

 

उनका अनुसार वैकल्पिक सिकाइ क्रियाकलापमा सहभागी हुने विद्यार्थीबाट मात्रै विद्यालयले शुल्क लिन पाउने छन् । त्यसमा अनलाइनकक्षाका साथै निर्देशिकामा उल्लेख भएकाथप सहजीकरणका ४ वटा माध्यम रहेका छन् ।


मासिक शिक्षण शुल्क बाहेकका अतिरिक्त क्रियाकलाप शुल्क, यातायात शुल्क, विज्ञान शुल्क, कम्प्युटर शुल्क, पुस्तकालय शुल्क लगायत शुल्क सहज रुपमा विद्यालयमा विद्यार्थीहरू भौतिक रुपमा उपस्थित नभएसम्म लिन नपाइने आचार्यले बताए ।


तोकिएभन्दा बढी शुल्क लिए र तोकिएभन्दा अरु शीर्षकमा शुल्क उठाए त्यस्ता विद्यालयलाई कारबाहीको दायरमा ल्याइने शिक्षा प्रमुख आचार्यले जानकारी दिए ।