close

मानेभन्ज्याङद्वारा अनलाइनबाटै व्यक्तिगत घटना दर्ता 

मानेभन्ज्याङद्वारा अनलाइनबाटै व्यक्तिगत घटना दर्ता 

Trulli
ADVERTISEMENT

ओखलढुंगा -  जिल्लाको मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ५ ले व्यक्तिगत घटना दर्ता अनलाइन प्रक्रियाबाट सुरु गरेको छ । घटना दर्ता अनलाइनमा गर्ने यो जिल्लाका ७५ मध्ये पहिलो वडा हो । 


कार्यालयबाट दिइने सेवा–सुविधालाई प्रविधिमैत्री बनाउने लक्ष्यका साथ वडा कार्यालयले अनलाइन घटना दर्ता सुरु गरेको वडाध्यक्ष रामकुमार राईले बताए । 


जन्म, मृत्यु, बसाइँसराइ, विवाह दर्तालगायतका घटना अनलाइनमार्फत दर्ता गर्न सकिनेछ । इन्टरनेटको विस्तारसँगै अरु वडा कार्यालयबाट पनि अनलाइनमा घटना दर्ता गरिने मानेभन्ज्याङ गाउँपालिकाले जनाएको छ ।

 

बैंकबाटै भत्ता


गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्ने भएको छ । वित्तीय सुशासनका लागि गाउँपालिका केन्द्रमै बैंक रहेकाले भत्ता वितरण चालू आर्थिक वर्षमा बैंकमार्फत गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत तुलसी भट्टराईले जानकारी दिए । 


गाउँपालिकाले राष्ट्रिय वाणिज्य बैंक मानेभन्ज्याङ शाखाबाट बैंकिङ प्रणालीबाट भत्ता वितरण गर्न सम्झौता गरेको छ । भत्ता वितरण घरैमा गएर गर्दा नागरिकलाई सहज हुने भए पनि विभिन्न कार्यविधि पूरा गर्न त्यसको तयारी गरेको गाउँपालिकाले जनाएको छ । 


ज्येष्ठ नागरिक, अपांग तथा अशक्तहरुलाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा बैंकसँग समन्वय र सहज भुक्तानीका लागि सम्झौता भएको छ ।