close

पुतलीबजार मालपाेतमा भू–सेवा केन्द्र

पुतलीबजार मालपाेतमा भू–सेवा केन्द्र

Trulli
ADVERTISEMENT

स्याङ्जा - जिल्लाको पुतलीबजार नगरपालिकाको कार्यालयले नगरभित्रका सेवाग्राहीलाई भू–सेवा केन्द्रमार्फत सेवा दिन थालेको छ । मालपोत सेवालाई चुस्त बनाउन कार्यालयमा भू–सेवा केन्द्र स्थापना गरिएको नगरपालिकाले जानकारी दिएको हो । 


मालपोतको सेवा लिँदा पुतलीबजार नगरबासीलाई समस्या देखिएपछि त्यसलाई सहज बनाउन मालपोत कार्यालयमा भू–सेवा केन्द्र स्थापना गरिएको पुतलीबजारकी नगरप्रमुख सीमाकुमारी क्षेत्रीले बताइन् । मालपोत कार्यालयमा नगरकै  कर्मचारीबाट सेवा दिँदा सेवाग्राही सन्तुष्ट रहेको उनको भनाइ छ । 


‘लेखापढी गर्नेहरूले सेवाग्राहीलाई अनावश्यक दुःख दिएकाले मालपोत कार्यालयमा आफ्नै कर्मचारीमार्फत सेवा उपलब्ध गराएका छौं’, उनले भनिन् । पुतलीबजार नगरपालिकाले भू–सेवा केन्द्रमा सुब्बा पार्वती पराजुलीमार्फत सेवा दिँदै आएको छ । 


पुतलीबजारको सहकार्यमा मालपोतमा भू–सेवा केन्द्र स्थापना गरी सेवा प्रदान गरिएको मालपोत कार्यालयका अधिकृत प्रकाश पौडेलले जानकारी दिए । मालपोत अधिकृत पौडेलले मालपोतमा आवश्यक संरचना पुतलीबजार नगरपालिकाले स्थापना गरेपछि  भू–सेवा केन्द्र राख्न सजिलो भएको बताए । 


मालपोत कार्यालय स्याङ्जाले हाल पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, आँधीखोला, अर्जुनचौपारी, फेदीखोला, , हरिनास र बिरुवा गाउँपालिकाको काम गर्दै आएको छ । उक्त  कार्यालयबाट एक दिनमा करिब ५०÷६० जनाले सेवा लिँदै आएका छन् ।


भू–सेवा केन्द्रमार्फत काम गर्दा  सजिलो हुने गरेको पुतलीबजार नगरपालिका–११ उनियाचौरका खडानन्द लामिछानेले बताए ।