close

अब सुर्खेतबाटै सवारी चालक अनुमति पत्र 

अब सुर्खेतबाटै सवारी चालक अनुमति पत्र 

Trulli
ADVERTISEMENT

सुर्खेत–कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पहिलोपटक सवारी चालक अनुमति पत्र वितरण सुरु भएको छ । यातायात व्यवस्था कार्यालय सुर्खेतबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण सुरु भएको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार उक्त सेवाको उद्घाटन गरेका छन् । सम्पूर्ण चरण पार गरेका सवारी चालकलाई बिहीबारदेखि सवारी चालक अनुमति पत्र दिन थालिएको यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईंले बताए । 

यातायात सेवा कार्यालयले यसअघि रुट जारी तथा नवीकरण, ब्लुबुक नवीकरण, जाँच–पास, लाइसेन्स नवीकरण र सवारी नामसारी र दर्ता गर्ने काम गर्दै आएको थियो । सुर्खेतबाटै लाइसेन्स वितरण सुरु भएपछि कर्णालीका नागरिकलाई चालक अनुमतिपत्र लिन नेपालगंज र जुम्ला जानुपर्ने बाध्यता हटेको छ  ।