close

पर्वतमा ‘हेल्लो मोदी गाउँपालिका’ कलसेवा सुरु

पर्वतमा ‘हेल्लो मोदी गाउँपालिका’ कलसेवा सुरु

Trulli
ADVERTISEMENT

पर्वत- पर्वतको मोदी गाउँपालिकाले जनताका गुनासो सुन्न नेपालमै पहिलोपटक ‘हेलो मोदी गाउँपालिका’ कल सेवा सुरु गरेको छ ।


मोदी गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी, जनप्रतिनिधि, सेवा प्रवाह तथा विकास निर्माण सम्बन्धमा स्वदेश एवं विदेशमा रहेका स्थानीयको गुनासो र सुझाव लिनका लागि उक्त कल सेन्टर सञ्चालन गरिएको हो । यसअघि संघीय सरकार र प्रदेश सरकारले कल सेन्टर सञ्चालन गरे पनि स्थानीय तहमा यो पहिलो अभ्यास हो ।


कल सेन्टरमा प्राप्त हुने जनगुनासो र सुझावको उचित सुनुवाइ गर्न तथा गाउँपालिकाबाट हुने नीतिगत निर्णय, सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी एवं गुणस्तरीय बनाउनहेलो मोदी गाउँपालिका कल सेवा स्थापना गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी दिए ।


मोदी गाउँपालिकाबाट कुनै जानकारी लिन चाहेवा सुझाव र गुनासो गर्न चाहेनागरिकले विभिन्न माध्यमको प्रयोग गर्न सक्नेछन् । नागरिकले कार्यालयमा रहेको गुनासो पेटिकामा लिखित रुपमा गुनासो पेस गर्न सक्नेछन् भने ‘हेलो मोदी’ गाउँपालिकाको सम्पर्क नम्बर ९८५७६६६२११ मा म्यासेज गरेर पनि जानकारी लिन सक्ने भएका छन् ।

त्यसैगरी हेलो मोदी गाउँपालिकाको इमेल ठेगाना [email protected] मा पनि आवश्यक सुझाव, सल्लाह, प्रतिक्रिया र जानकारी लिन दिन सकिने भएको छ । 


मोदी गाउँपालिकाको अफिसियल फेसबुक पेज modi.parbat  मा रहेको सेन्ड बटनमा क्लिक गरेर पनि इमेलमार्फत सल्लाह, सुझाव एवं जनगुनासो पठाउन सकिने प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले बताए ।


इमेल एवं लिखित माध्यमबाट गुनासो पठाउँदा नागरिकले आफ्नो परिचय खुलाउनुपर्ने पालिकाको आग्रह छ । हेलो मोदी गाउँपालिकामा आएका जनगुनासाको सुनुवाइगाउँपालिकाले यथासक्य छिटो गर्ने व्यवस्था मिलाउने क्षेत्रीले बताए ।


गाउँपालिकाले हरेक १५ दिनको बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ३० मिनेटको फेसबुक लाइभबाट जनगुनासो एवं सल्लाह सुझावको सुनुवाइ गर्ने जनाएको छ । त्यसका लागि फेसबुक लाइभमा गाउँपालिकाका जिम्मेवार पदाधिकारी उपस्थित हुनेछन् ।


सेवाप्रवाहलाई प्रभावकारी, गुणस्तरीय र कर्मचारी एवं जनप्रतिनिधिलाई उत्तरदायी बनाउन यो सेवा सुरु गरिएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताए ।