close

ज्येष्ठ नागरिकको घरघरमा कोसेली लिएर जनप्रतिनिधिको दौडाहा

ज्येष्ठ नागरिकको घरघरमा कोसेली लिएर जनप्रतिनिधिको दौडाहा

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले ज्येष्ठ नागरिकको घरघर पुगेर सहयोग गरिरहेका छन् । जेष्ठ नागरिकको सम्मानका लागि न्यानो कपडा र स्वास्थ्य सामग्रीसहित जनप्रतिनिधि घरमै पुगेका हुन् । 

 

चिसो बढेसँगै ज्येष्ठ नागरिकलाई समस्या हुने भन्दै जनप्रतिनिधिले घर दौडाह सुरु गरेका हुन् । ७० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई सम्मानका लागि यो काम गरेको कागेश्वरी मनोहरा नगर उपप्रमुख बिन्दु सिम्खडाले बताइन् ।

 

उपप्रमुख सिम्खडा आफैं कोसेली बोकेर ज्येष्ठ नागरिकका घर पुगेकी छिन् । ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, तिनमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी उनीहरूप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले विभिन्न समयमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ ।


सोमबार नगरपालिकाको वडा नम्बर ३ भद्रबासमा रहेका ४ जना ज्येष्ठ नागरिकको घरमा पुगी न्याना कपडा वितरण, कोभिड-१९ को उच्च जोखिममा ज्येष्ठ नागरिक भएकाले उनीहरूलाई स्वास्थ्य सुरक्षा सचेतना प्रदान गरिएको छ । 

 

साथै, प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि पौस्टिक आहार र स्वास्थ्य सुरक्षा सामग्रीअन्तर्गत मास्क, पन्जा, स्यानिटाइजर प्रदान गरियो ।

 

‘हामी सबै एक दिन ज्येष्ठ नागरिक हुन्छौँ । जेष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरूमा रहेका ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रबन्ध मिलाउन नगरपालिकामा पहल गर्छु’, उपप्रमुख सिंखडाले भनिन् ।