close

सहाराविहीनकाे सहारा बन्दै सिद्धिचरण नगर

संरक्षणविहीन नानीबाबु र ज्येष्ठ नागरिकलाई कोसेली

सहाराविहीनकाे सहारा बन्दै सिद्धिचरण नगर

संरक्षणविहीन नानीबाबु र ज्येष्ठ नागरिकलाई कोसेली

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले संरक्षण विषयगत क्षेत्र समन्वय समिति निर्माण गरेर लक्षित वर्गका सवाल सम्बोधन सुरु गरेको छ ।

 

यसअन्तर्गत ज्येष्ठ नागरिक तथा नगर क्षेत्रका संरक्षणविहीन बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । 


संरक्षण विषयगत क्षेत्रअन्तर्गत बजेट विनियोजन गरेर नगरपालिकाले ५१ जना बालबालिकालाई न्याना कपडा र पोषणयुक्त हर्लिक्स वितरण गरेको छ । 

 

त्यस्तै, ६० वर्षमाथिका जेष्ठ तथा असहाय नागरिकलाई जाडोमा ओढ्ने ब्ल्यांकेट वितरण गरिएको शाखा अधिकृत नइन्द्रराज राईले जानकारी दिए । 


संरक्षण विषयगत क्षेत्रअन्तर्गत महिला सहकारीको क्षमता विकासका लागि ल्यापटप अनुदान तथा क्षमता विकास तालिम सञ्चालन भइरहेको राईको भनाइ छ । 

 

नगरपालिकाले यस क्षेत्रका लागि २२ लाख रुपैयाँ बजेट विनियोजन गरेर लक्षित वर्गको हितमा काम गरिरहेको बताएको छ ।