close

खोप खरिद गर्न रम्भाले माग्याे अनुमति

खोप खरिद गर्न रम्भाले माग्याे अनुमति

Trulli
ADVERTISEMENT

पाल्पा- राज्यले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिन नसकिरहेको अवस्थामा पाल्पाको रम्भा गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोरोनाविरुद्धको खोप खरिदको लागि स्वीकृति मागेको छ । 

 

रम्भाबासीको जिउ-धनको सुरक्षा र कोभिडविरुद्धको लडाइँलाई जित्न आवश्यक पर्ने खोप खरिद गर्न पालिकाले मन्त्रालयसँग अनुमति मागेका  गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पालिका खबरलाई बताए । 


पालिकाले स्वास्थ्य मन्त्रालयसँग कोभिड भ्याक्सिन खरिद गर्न अनुमती मागेसंगै रम्भाबासीमा कोरोनाबाट बच्ने आशा पलाएको छ । 


मन्त्रालयलाई पठाइएको पत्रमा करिब २० हजार खोप आवश्यक रहेको भन्दै खोप खरिदमा सरकारले तोकेको प्रोटकल र गाइडलाइन भित्र रहेर खोप खरिद गर्न गाउँपालिका तयार रहेको गाउँपालिकाले  जनाएको छ ।