close

खार्पुनाथका नागरिकको स्वास्थ्य बिमा

खार्पुनाथका नागरिकको स्वास्थ्य बिमा

Trulli
ADVERTISEMENT

हुम्ला- खार्पुनाथ गाउँपालिकाले आथिृक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममार्फत पालिकाभित्रका सबै नागरिकको निःशुल्क बिमा गर्ने घोषणा गरेको छ । 


५ वटा वडा भएको खार्पुनाथले सबै वडाहरुमा कर्मचारी खटाएर नागरिकको बिमा गर्ने नीति बनाएको गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए । 


पालिकाको वडा नम्बर ४ छिप्राका ९६ जना नागरिकको निःशुल्क स्वास्थ्य बिमा भइसकेको संयोजक शाहीले बताउँछन्  । आगामी ७ साउनभित्रमा सवैको बिमा गरिसक्ने पालिकाको योजना रहेको पालिका अध्यक्ष कर्ण रावल बताउँछन् । 

 

यसअघि गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँपालिकाको क्षेत्रका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने घोषण गरेको थियो । गाउँपालिकामा जटिल रोगका बिरामी बढेको र उनीहरुको आर्थिक अवस्था कमजोर भएपछि गाउँपालिकालेस्वास्थ्य बिमा गर्ने योजना बनाएको अध्यक्ष रावलको भनाई छ । 

 

 गाउँपालिकामा ६ हजार ९ सय ११ जनसंख्या छ । जिल्लाका सातवटा गाउँपालिका मध्येको निःशुल्क बिमा गर्नेे खार्पुनाथ पहिलो गाउँपालिका हो ।