close

अग्निपीडित व्यवसायीलाई शिवराजको आधा लाख सहयोग

अग्निपीडित व्यवसायीलाई शिवराजको आधा लाख सहयोग

Trulli
ADVERTISEMENT

चन्द्रौटा/कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिकाले अग्निपीडित व्यवसायीलाई १ लाख २ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । बुधबार नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले दुई व्यवसायीलाई ५१÷५१ हजार रुपैयाँ सहयोग निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले बताए ।


गत साता चन्द्रौटा फिक्स सप र ल्यापटप हस्पिटलमा आगलागी हुँदा झन्डै एक करोड रुपैयाँको क्षति भएको थियो । बैठकले बेमौसमी वर्षाले क्षति भएको धानको संकलित विवरण मन्त्रालयमा पठाउनेसमेत निर्णय गरेको छ ।


नगरपालिकाले ७ मंसिरदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएकाले यसलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । विभिन्न खोप केन्द्र निर्धारण गरिसकिएको र स्वास्थ्यकर्मीलाई परिचालन गरी खोप अभियान चलाउनेछ । विपद्मा सबै नागरिक सतर्क हुनुपर्ने नगरप्रमुख नेत्रराज अधिकारीले बताए ।