close

बाँसगढीमा एकीकृत अनलाइन सेवा उद्घाटन

बाँसगढीमा एकीकृत अनलाइन सेवा उद्घाटन

Trulli
ADVERTISEMENT

बर्दिया– बर्दियाको बाँसगढी नगरपालिकामा एकीकृत अनलाइन सिफारिस प्रणाली सेवा उद्घाटन गरिएको छ । वडा कार्यालयले प्रदान गर्ने सेवालाई एकीकृत गरेर ई–गभर्मेन्सको अवधारणाअनुरूप ई–सिफारिस सेवा सुरु गरिएको हो । 


नागरिकता सिफारिस, चार किल्ला प्रमाणित, नाता प्रमाणितलगायत वडाले प्रदान गर्ने सबै खाले सिफारिस घरबाटै गर्न मिल्ने गरी निर्माण गरिएको सेवाको नगरप्रमुख शालिकराम अधिकारी तथा जर्मन दूतावासका विकास सहयोग प्रमुख स्टेफन रुसेकले संयुक्त रूपमा उद्घाटन गरे । वडा नम्बर ८ वडा कार्यालय ककौराबाट उद्घाटन गरिएको यो सेवा सबै वडा कार्यालयवाट सञ्चालन भएको नगरप्रमुख अधिकारीले बताए । 


नगरप्रमुख अधिकारिले ई–सिफारिस प्रणाली लागू भएसँगै अब नगरपालिकाबाट प्रदान गरिने सेवा पेपरलेसको अवधारणामा गएको र यसबाट सेवाग्राहीको काम छिटो, छरितो हुने विश्वास व्यक्त गरे । 


कार्यक्रममा जीआइजेडका प्रमुख प्राविधिक सल्लाहकार मान्फ्रेड पोप्लेले नगरपालिकाको विकासमा संस्थाको सहयोग रहने बताउँदै आगामी दिनमा समेत नगरपालिकाको क्षमता अभिवृद्धिमा सघाउने प्रतिबद्धता जनाए ।


जर्मन दूतावासका स्टेफेन रुसेकले बाँसगढी नगरपालिक ई–गभर्नेन्सको अवधारणामा सेवा प्रवाह गर्न अगाडि बढिसकेकाले उक्त अवधारणा कार्यान्वयन हुने धारणा व्यक्त गरे ।


वडा नम्बर ८ का वडाध्यक्ष तुलप्रसाद गौतमले यस प्रणाली निर्माणमा जीआइजेडले नगरपालिकालाई सहयोग गरेकामा धन्यवाद दिए । बाँसगढी नगरका सूचना अधिकारी तथा सूचना प्रविधि शाखाका क्षितिज पौडेलले यो प्रणाली वेब बेसमा आधारित रहेको र सबै सिफारिस घरबाटै लिन सकिने बताए । उनले हरेका सिफारिसमा विद्युतीय कारोबार नम्बरसमेत राखिएको हुँदा डुप्लिकेसन र वैधानिकता यकिन गर्न सहज हुने जानकारी दिए । कार्यक्रममा नगरका सबै वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्द, सेवाग्राहीलगायत सहभागी थिए ।