close

सोलुखुम्बुका तीन स्थानीय तहमा नगर तथा गाउँ प्रहरी सेवा

सोलुखुम्बुका तीन स्थानीय तहमा नगर तथा गाउँ प्रहरी सेवा

Trulli
ADVERTISEMENT

सोलुखुम्बु– सोलुखुम्बुका तीन स्थानीय तहले जनताको सेवाका लागि गाउँ तथा नगर प्रहरी राखेका छन् । जिल्लाका आठ वटा स्थानीय तहमध्ये तीन स्थानीय तहले गाउँ तथा नगर प्रहरी राखेका हुन् ।

 

सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण गर्न, विपद व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनस्र्थापनालगायत अनाधिकृत निर्माण एवम सार्वजनिक सम्पति अतिक्रमण रोकथाम र नियन्त्रण गर्न प्रतिस्पर्धाको आधारमा सेवा करारमा गाउँ तथा नगर प्रहरीको नियुक्ति गर्न सकिने प्रावधान रहेको छ ।

 

स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (क) मा व्यवस्था भए बमोजिम जिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाले १० जना नगर प्रहरी, थुलुङ दूधकोशी गाउँपालिकाले पाँच जना र नेचासल्यान गाउँपालिकाले पाँच जना गाउँ प्रहरीमा नियुक्त गरेको छ ।

 

गाउँ प्रहरी राखेपछि विभिन्न कामकाजमा सहयोग पुगेको सोलुदूधकुण्ड नगरपालिकाले जनाएको छ । नगर प्रहरी भएपछि बजार व्यवस्थापनलगायत कार्यालयको काममा पनि सजिलो हुने आशा गरिएको छ ।