close

शिवराजको वडा नम्बर ३ ले बाँड्यो वृद्धवृद्धालाई न्याना कपडा 

शिवराजको वडा नम्बर ३ ले बाँड्यो वृद्धवृद्धालाई न्याना कपडा 

Trulli
ADVERTISEMENT

कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ ले वडाका ८५ ज्येष्ठ नागरिकलाई स्विटर, टोपी र च्यावनप्रास वितरण गरेको छ । वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान तथा पौस्टिक आहार वितरण गरिएको हो । शुक्रबार वडा कार्यालय खरेन्द्रपुरमा शिवराजका नगरप्रमुख नेत्रराज अधिकारीले ८० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई सम्मानसहित उक्त सामग्री प्रदान गरे । 


नगरप्रमुख अधिकारीले वृद्धवृद्धालाई परिवारको माया, ममता र स्याहारसुसार आवश्यक रहेको बताए । ज्येष्ठ नागरिक वृद्धावस्थामा शारीरिक, मानसिक रूपमा अशक्त र कमजोर हुँदै जाने भएकाले तिनको हेरचाहका लागि परिवारले जिम्मेवारी वहन गर्नुपर्ने उनले सुझाव दिए 


वडाध्यक्ष टेकलाल सापकोटाले वृद्ध बाआमालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । ज्येष्ठ नागरिकको हौसला बढाउन सम्मान गरिएको उनको भनाइ छ ।
अध्यक्ष सापकोटाले सम्मानित हुन छुटेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर न्याना कपडा प्रदान गरिने बताए ।