close

त्रियुगाको १६ नम्बर वडाले बाँड्यो न्यानो कपडा

त्रियुगाको १६ नम्बर वडाले बाँड्यो न्यानो कपडा

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १६ ले वडाभित्रका अति अशक्त ज्येष्ठ नागरिक र अपांगता भएकालाई न्याना कपडा वितरण गरेको छ । वडाले ज्येष्ठ नागरिक र अपांगता भएका ३७ व्यक्तिलाई १ लाख रुपैयाँ बराबरका न्याना कपडा वितरण गरेको हो । 

 

वडा कार्यालय जाल्पा चिलाउनेस्थित वडाका ज्येष्ठ नागरिक र अपांगता भएकालाई न्याना कपडा वितरण गरिएको वडाध्यक्ष मानवहादुर राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार वडामा रहेका करिब ३४ अपांगता र ८० वर्षमाथिका ३७ ज्येष्ठ नागरिकलाई न्याना कपडा वितरण गरिएको हो ।


वडाको लक्षित वर्ग वार्षिक सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ‘क’ र ‘ख’ वर्गका अपांगता तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष राईले बताए । वडाध्यक्ष राईलगायत वडा सदस्य, वडा कर्मचारी र स्थानीयको उपस्थितिमा न्याना कपडा वितरण गरिएको हो ।