close

छथर जोरपाटीका ज्येष्ठ नागरिकलाई घर–घरमै उपचार

छथर जोरपाटीका ज्येष्ठ नागरिकलाई घर–घरमै उपचार

Trulli
ADVERTISEMENT

धनकुटा–धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकलाई घर–घरमै गएर निःशुल्क स्वास्थ्य जाँच सेवा दिन थालेको छ । स्थानीय तहको निर्वाचनसँगै ०७४ बाट पालिकाले स्वास्थ्य शाखाको सहयोगलमा चौमासिक रूपमा सञ्चालन गर्दै आएको छ । 


स्वास्थ्य शाखाले गत सातादेखि पालिकाको सबै ६ वटा वडामा ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिरहेको छ । हालसम्म ३५० बढी ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिए ।

 

‘यो कार्यक्रमले स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकलाई सहयोग पुगेको छ’, डंगोलले भने, ‘यसले समयमै रोगको पहिचान गरेर उपचारका लागि स्वास्थ्य संस्थामा रेफर गर्न सहज भएको छ’ । ज्येष्ठ नागरिकलाई प्राथमिक उपचारसहित पे्रसर, सुगर जाँच र निःशुल्क औषधी दिइँदै आएको उनले बताए ।