close

दीर्घरोगीलाई उपचार खर्च दिँदै रिब्दीकोट

दीर्घरोगीलाई उपचार खर्च दिँदै रिब्दीकोट

Trulli
ADVERTISEMENT

पाल्पा–पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग दिँदै आएको छ । मुटु, मिर्गौला तथा क्यान्सरपीडितका लागि पालिकाले यातायात खर्चबापत ६ हजार रुपैयाँ नगद सहयोग गर्दै आएको हो ।

 

गाउँपालिकाले मुटु रोगी २१, मिर्गौला रोगी १९, क्यान्सरपीडित १५ गरी ५५ र अर्थाभावका कारण उपचारमा समस्या भएका विपन्न नागरिक ९ गरी ६४ जनालाई आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।


गाउँपालिकाले विपन्न नागरिक औषधोपचार कोषबाट २३ नागरिकलाई उपचारका लागि सिफारिस गरेको छ । यो कोषबाट विपन्न परिवारका नागरिकले १ लाख रुपैयाँ बराबरको उपचार सुविधा पाउने स्वास्थ्य शाखा प्रमुख सुनील अधिकारीले जानकारी दिए । प्रदेश सरकारबाट विनियोजित रकमबाट स्वास्थ्योपचारका लागि एक जनालाई सिफारिस गरिएको छ ।

 


गाउँपालिकाभित्रका ८ वडाका मुटु, मिर्गौला र क्यान्सरपीडित बिरामीका उपचारमा सहयोगस्वरूप यातायात खर्च नगद रकम सहयोग प्रदान गरेको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए । रिब्दीकोट पालिका अध्यक्ष जिसीले गाउँपालिकाभित्रका वडाका रोगबाट पीडित नागरिकलाई रकम हस्तान्तरण गरिएको जानकारी दिए ।