close

पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स धनगढीमा थन्कियो

पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स धनगढीमा थन्कियो

Trulli
ADVERTISEMENT

बैतडी । पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स धनगढीमा थन्किएको ५ महिना बढी भएको छ । एम्बुलेन्स नहुँदा बिरामीले सास्ती भोग्दासमेत एम्बुलेन्स ल्याउने विषयमा पालिकाले चासो नदिएको गुनासो आएको छ । 

गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरूले भने सास्ती भोग्नुपरिरहेको स्थानीय जयबहादुर चन्दले बताए । 

पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्सले करिब पाँच महिनाअगाडि धनगढीमा मोटरसाइकललाई ठक्कर दिएको थियो । 

त्यसपछि एम्बुलेन्स प्रहरीको नियन्त्रणमा छ । पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स चालकसँग हलुका सवारीसाधनको मात्रै लाइसेन्स भएको र एम्बुलेन्स हेबी भएकाले हेबी सवारीसाधनको लाइसेन्स भएको चालक राख्न प्रहरीले भनेको छ । 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले ठक्कर दिएको मोटरसाइकलको पार्टपूर्जा मगाएर मर्मत गर्नुपर्ने भएकाले ढिलाइ भएको बताए । मोटरसाइकल मर्मत नहुँदा एम्बुलेन्स रोकिएको उनले बताए । 

अत्यावश्यक साधनको रुपमा रहेको एम्बुलेन्स सञ्चालन र व्यवस्थापनमा पालिकाले ध्यान नदिएको भन्दै आलोचना भएको छ । उक्त एम्बुलेन्स सुदूरपश्चिम प्रदेश सरकारले गाउँपालिकालाई उपलब्ध गराएको थियो ।