close

कालीगण्डकी गाउँपालिकाले जम्मा गरिदियो ५६ छोरीको खातामा पैसा

कालीगण्डकी गाउँपालिकाले जम्मा गरिदियो ५६ छोरीको खातामा पैसा

Trulli
ADVERTISEMENT

काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिकामा आव २०७८/७९मा जन्मिएका ५६ छोरीको खातामा दुई लाख ८० हजार जम्मा गरिएको छ । 

गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा छोरी जन्मिए आर्थिक सहायता दिने भनी सुरु गरिएको ‘नवजात छोरीलाई अनुदान’ कार्यक्रमअन्तर्गत सो रकम वितरण गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए । 

छोरीप्रति समाजमा रहेको नकारात्मक सोच हटाउन नवजात छोरीलाई अनुदान कार्यक्रम सुरु गरिएको उनले बताए । 

विगतका वर्षहरूमा छोरीप्रति रहेको नकारात्मक सोच हटाउन यो कार्यक्रम सुरु भएको  बताउँदै उनले भने, ‘नवजात छोरीलाई अनुदान खोलिएपछि छोरी जन्मिने दर बढेको  छ । २०७८/७९मा ५६  छोरीको जन्म भएको छ । हामीले ५६ जना छोरीको खातामा ५०००का दरले जम्मा गरिदिएका छाैँ ।’

जन्मदर्ता र वडाको सिफारिसको आधारमा रकम प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले बताइन् । ‘छोरी भए गर्भपतन गराउने प्रचलन अझै छ ।’ उनले भनिन्, ‘उक्त रकमले छोरीको वृद्धि विकासमा सानो भए पनि सहयोग पुग्नेछ ।’

उनका अनुसार कार्यक्रम चालू आर्थिक वर्षमा पनि यो कार्यक्रमले निरन्तरताका लागि पाँच लाख विनियोजन गरिएको उपाध्यक्ष दर्लामी जानकारी दिइन् ।