close

काठमाडौंबाटै पालिकाबासीलाई सेवा प्रवाह

काठमाडौंबाटै पालिकाबासीलाई सेवा प्रवाह

Trulli
ADVERTISEMENT

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले पालिकाबासीलाई काठमाडौंबाटै सेवा प्रवाह गरेको छ । 

काठमाडौंमा बसोबास गर्ने नागरिकहरुको समस्या र बाध्यतालाई मध्यनजर गर्दै काठमाडौंबाटै सेवा प्रवाहको व्यवस्था गरेको पालिका अध्यक्ष मीना कार्कीले बताइन् । 

वडा नम्बर–१ ले आफ्ना वडाका नागरिकलाई बौद्ध, नयाँ बस्ती, कोरियन रेस्टुरेन्टबाट आजसम्म सेवा प्रवाह हुने उनले बताइन् । 

उनले आफू पनि काठमडौंमै रहेकाले पालिकाबाट हुनसक्ने सेवा लिन सम्पर्कमा आउन आग्रह गरेकी छन् । 

यस्तै, वडा नम्बर–१ अध्यक्ष मिङमार गल्जे शेर्पाले वडाबाट प्रवाह हुने सबै सेवा प्रवाह भइरहेको बताए । वडावासीका समस्या  नसकिएका कारण भोलि पनि काठमाडौंमै रही सेवा दिने तयारी भइरहेको अध्यक्षले बताए ।  

‘वडाबाट प्रवाह हुने सबै सेवा हामीले प्रवाह गरिरहेका छौँ,’ उनले भने, ‘सबैभन्दा बढी समाजिक सुरक्षा कार्ड वितरण कार्य भएको छ । त्यसपछि जन्मदर्ताको कार्य भएको छ ।’

लगभग २०० सेवाग्राहीले सेवा लिएको अध्यक्ष शेर्पाले बताए ।