close

त्रिवेणीले अघि सार्‍यो कृषि एम्बुलेन्स कार्यक्रम

त्रिवेणीले अघि सार्‍यो कृषि एम्बुलेन्स कार्यक्रम

Trulli
ADVERTISEMENT

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिकाले किसानलाई प्रोत्सान गर्नका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । 

पालिका खबरसँगको टेलिफोन सम्बादका क्रममा अध्यक्ष कर्णबहादुर ठाडामगरले कृषि एम्बुलेन्सबारे नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए । 

किसानलाई उत्पादित बस्तुलाई बजारसम्म पुर्‍याउन सहज होस् भनेर पालिकाले कृषि एम्बुलेन्सको नीति तथा कार्यक्रममा व्यवस्था गरेको उनले बताए । 

साथै, उत्पादित वस्तु विक्रीका लागि आफूहरूले व्यापारीसँग सहजीकरण गरिदिने पनि उनले बताए । तर, एम्बुलेन्स चालक, मर्मत सम्भार कसरी गर्ने भन्नेबारे कार्यविधि बनाउन बाँकी रहेको उनले जानकारी दिए ।

प्रदेशस्तरीय कार्यक्रमअन्तर्गत पालिकाभित्रका २,३,४ लगायत वडालाई कृषि पकेट क्षेत्र घोषण गरिएको बताउँदै उनले अन्यलाई पनि विस्तारै पकेट क्षेत्र बनाउने बताए । पालिकामा टमाटर, भेडेखुर्सानी, काउली, आलुलगायत वस्तु उत्पादन हुने गरेको बताउँदै उनले उत्पादित वस्तुलाई बजारीकरण गर्ने योजना रहेको उनले सुनाए । 

साथै, कृषिलाई सामूहिक रुपमा अगाडि बढाउने योजना रहेको बताउँदै उनले भने, ‘कोष स्थापना गरेर सहकारी वा किसानको मोडेलमा जानुपर्छ भन्नेछ । यद्यपि अहिले यो विषय टुंगो लागेको छैन ।’