close

व्यासमा विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा

व्यासमा विश्व आदिवासी दिवसमा सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले विश्व आदिवासी जनजाति दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । 

नगर कार्यपालिकाको आज बसेको बैठकले विश्व आदिवासी जनजाति दिवसको अवसरमा साउन २४ गते सार्वजनिक बिदा दिने निर्णय  गरेसँगै पालिकाले व्यास नगरमा आदिवासी जनजाति दिवसका दिन सार्वजनिक हुने भएको हो । 

उक्त दिन नगरपालिकाकाअन्तर्गतका अत्यावश्यक सेवा बाहेकका कार्यालय बन्द रहने नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए । 

आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले उक्त दिन जिल्लाका १० वटै पालिकामा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाउँदैछ ।