close

कालीगण्डकी गाउँपालिकाकामा एक घर एक धारा जडान

कालीगण्डकी गाउँपालिकाकामा एक घर एक धारा जडान

Trulli
ADVERTISEMENT

काठमाडौं । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गण्डकी प्रदेश सरकार, गाउँपालिका  र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा उल्लेखित घरधुरीमा एक घर एक धारा जडान गरिएको हो । 

गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम (वास) संयोजक भागिरथ अधिकारीका अनुसार गाउँपालिकाले खानेपानी समस्या निराकरणका लागि योजना अगाडि बढाएपछि  तीन हजार चार सय घरधुरीमा एक घर एक धारा जडान गरिएको हो । 

गाउँपालिकाले हालसम्म विभिन्न ३० साना ठूला खानेपानीका योजनाबाट उक्त घरधुरीमा एक घर एक धारामार्फत पानीको पहुँच विस्तार गरेको हो । उक्त आयोजनामध्ये १२ लिफ्टिङ छन् भने १८ ग्राभिटी योजना रहेको उनले जानकारी दिए ।

तीनतिर कालीगण्डकीले घेरेको  भए पनि यो पालिका  नदीभन्दा माथिल्लो भूभागमा भएका कारण पानीको समस्या हुँदै आएको थियो । 

‘बद्लिँदो स्थानीयको दैनिकी, विद्युतीय उपकरणको प्रयोग, पाइप विस्तार, आधुनिक ट्याङ्की निर्माणलगायतका कार्यले तीव्रता पाएसँगै घरघरमा पानी पुर्‍याउन सकिएको छ’, उनले भने, ‘जसले गर्दा स्थानीयको दैनिकीमा सहजता आएको छ भने दैनिकी अब क्रियाकलापसँग जोडिँदै गएको छ ।’