close

विजयनगर गाउँपालिकामा हरेक महिना छालारोगसम्बन्धी शिविर हुने  ​​​​​​​

विजयनगर गाउँपालिकामा हरेक महिना छालारोगसम्बन्धी शिविर हुने  ​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिकाले छाला रोगसम्बन्धी मासिक रुपमा शिविर गर्ने भएको छ ।

गाउँपालिकाले एक सूचना जारी गरी सो जानकारी दिएको हो । शिविर वडा नं ७ को गणेशपुर स्वास्थ्यचौकीमा हरेक महिना छालारोगको उपचार गर्ने पालिकाले जनाएको छ ।

यही भदौ २८ गते पहिलोपटक छालाको शिविर हुने पालिकाले जनाएको छ । आगामी एक वर्षको लागि शिविरको तालिका पालिकाले प्रकाशन गरेको छ ।