close

ठाकुरबाबा नगरपालिकामा पूर्ण हात धुने अभियान सुरु

ठाकुरबाबा नगरपालिकामा पूर्ण हात धुने अभियान सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । ठाकुरबाबा नगरपालिकाले  पूर्ण हात धुने अभियान सुरु गरेको छ । नगरपालिकाले एक औपचारिक कार्यक्रम गरी सो कार्यक्रमको शुभारम्भ गरेको हो । 

नगरपालिका र गेरुवा ग्रामीण जागरणकाे साझेदारीमा पूर्ण सरसफाइ अभियानअन्तर्गत कार्यक्रमको सुरु भएको नगरपालिका प्रमुख तिलकराम लम्सालले बताए । 

२०८० सम्म  पूर्ण सरसफाइ अभियान पूरा गर्ने भनिए पनि कार्यविधि बनाएर एक वर्षभित्र पूर्णता दिने गरी अघि बढेको उनले बताए ।

सरुवा रोग नियन्त्रण गर्ने उद्देश्यका साथ कार्यक्रमको सुरुवात गरेको बताउँदै उनले भने, ‘कार्यक्रमको मुख्य उद्देश्य सरुवा रोग नियन्त्रण गर्नु हो ।  यो कार्यक्रम मुख्यतया: बालबालिका र वृद्धलाई लक्षित गरी ल्याइएको हो ।’