close

सामान्य प्रशासन मन्त्रालयद्वारा स्थानीय तहलाई हातेपुस्तिका प्रदान

सामान्य प्रशासन मन्त्रालयद्वारा स्थानीय तहलाई हातेपुस्तिका प्रदान

Trulli
ADVERTISEMENT

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई हातेपुस्तिका उपलब्ध गराएको छ ।

मन्त्रालयले स्थानीय तहहरूलाई ‘स्थानीय तहको वडाबाट हुने सिफारिस तथा प्रमाणीकरण विधिसम्बन्धी हातेपुस्तिका’ सबै स्थानीय तहलाई उपलब्ध गराएको हो ।

पुस्तिकाले स्थानीय तहका वडा कार्यालयले गर्ने सिफारिस र प्रमाणिकरण विधिमा सुधार ल्याउन र प्रभावकारी बनाउन सहयोग पुर्‍याउने विश्वास लिइएको छ । 

यस पुस्तिकाले स्थानीय तहका काममा एकरुपता ल्याउने र स्थानीय तहलाई सेवा प्रदान गर्न सहज बनाउने सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।