close

कीर्तिपुरमा गुनासो सुन्ने कार्यक्रम 'हेलो मेयर'

कीर्तिपुरमा गुनासो सुन्ने कार्यक्रम 'हेलो मेयर'

Trulli
ADVERTISEMENT

काठमाडौं । कीर्तिपुर नगरपालिकाले हेलो मेयर कार्यक्रम सञ्चालन ल्याएको छ । गत बैसाखको स्थानीय चुनावबाट नयाँ जनप्रतिनिधि आएसँगै पालिकाले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

स्थानीय नागरिकको गुनासो सुन्नको लागि पालिकाले सो कार्यक्रम सञ्चालन ल्याएको नगरप्रमुख राजकुमार नकर्मीले पालिका खबरसँग बताए । गुनासो सुन्नको लागि स्थानीयले टोल फ्रि नम्बर १६६००१११७९५ मा सम्पर्क गर्न सकिने छ । 

उनका अनुसार नगरपालिकासँग स्थानीय बासिन्दाको कुनै गुनासो भएमा सो नम्बरमा सम्पर्क गर्न सकिने छ ।