close

अन्तत: भत्कायो महानगरले अल्फाबिटाको अनधिकृत संरचना (तस्वीरसहित)

अन्तत: भत्कायो महानगरले अल्फाबिटाको अनधिकृत संरचना (तस्वीरसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरले बानेश्वरस्थित अल्फाबिटाले बनाएको अनाधिकृत संरचना भत्काएको छ । 

बिहीबार बिहान मेर  साह र घरबेटी द्विराज शर्माबीच भनाभन भएको थियो । सो लगत्तै मेयर बालेनले नक्सा अध्ययन गरी पुन: नक्सासहित आएका थिए । 

अल्फाबिटाले भवनको अगाडिको भागमा पार्किङ स्थलको साटो सटर निकालेर फार्मेसी सञ्चालन गर्न दिएको थियो ।

बिहीबार बिहान बालेनले शर्मासँग घरको नक्सा मागे । तर, शर्माले महानगरसँग होला भन्दै उल्टै बालेनसँग मागे । त्यसपछि कड्किँदै बालेनले भने, ‘तपाईँको घरको नक्सा मसित हुनुपर्छ ?’ घरबेटीले नक्सा नगरपालिकासँगै हुने र मिडिया लिएर स्टन्ड देखाउन आएको आशयसहित कटाक्ष गरे । त्यसपछि ३५ दिने सूचना देखाएर जंगिँदै बालेनले भने, ‘यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ?’

बालेन जंगिएपछि जनप्रतिनिधि आवेगमा नआउनू भन्दै केहीले बालेनलाई सम्झाउने प्रयास समेत गरेका थिए । अल्फाबिटाका सञ्चालकले अनधिकृत संरचान नबनाएको भन्दै दाबी गरेपछि मेयर साहले नक्सा अध्ययन गरी अनधिकृत संरचना भत्काइएको मेयर साहका सचिवालय सदस्य बलदेभ साहले बताए ।

उनले भने, ‘आज बिहान मेयरसाब आउनुभएको थियो । तर, उहाँले जुन व्यवहार देखाउनुभयो । त्यो अशोभनीय थियो ।  त्यसलगत्तै नक्सा अध्ययन गर्दा संरचना अनधिकृत पाइएकाले  सो संरचना भत्काइएको हो ।’