close

काठमाडौँ महानगरद्वारा अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत

काठमाडौँ महानगरद्वारा अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौँ महानगरले ३२ जना इञ्जिनियर, ३२ जना एमडिजिपी डाक्टर र ३२ जना नर्सको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

आइतबार बसेको महानगरकाे कार्यकारी बैठकले चालू आर्थिक वर्षका लागि उल्लेखित कर्मचारी करारमा लिने निर्णय गरेको हो ।

भदौ १२ गते महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको आठौँ कार्यपालिका बैठकले यससँगै विभिन्न निर्णय गरेको छ ।

यस्तै, काठमाडौँ महानगरको बैठकले खाध पदार्थ चेक जाँच गर्न फुड इन्स्पेक्टर राख्ने निर्णय पनि गरेको छ । महानगरमा बिक्रि हुने खाने - पिउने कुरा, तरकारीको विषादी, मासु आदिको क्वालिटी जाँच गर्न ती फुड इन्स्पेक्टरहरु काम लाग्ने छन् । काठमाडौँमा डेट एक्सपायर भएको चकलेट, चामल , रक्सी आदि बिक्रि भैरहेको भेट्टिएको छ ।