close

अनधिकृत संरचना हटाउन सुनसरी नगरको ३५ दिने अल्टिमेटम

अनधिकृत संरचना हटाउन सुनसरी नगरको ३५ दिने अल्टिमेटम

Trulli
ADVERTISEMENT

काठमाडौं ।  सुनसरीको इनरुवा नगरपालिकाले सडक पेटी व्यवस्थित गर्नका लागि ३५ दिने सूचना जारी गरेको छ । 

इनरुवा नगरपालिका क्षेत्रभित्रका सडक पेटीमा अनधिकृत रूपले बनाइएका संरचना हटाउन र सडक पेटी खाली गर्न नगरपालिकाले सो सूचना जारी गरेको हो । 

‘सडकपेटीमा थुपारिएका निर्माणलगायत व्यापारिक सामग्री यथाशीघ्र हटाई सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्न गराउन हुन अनुरोध छ,’ जारी सूचनामा उल्लेख छ ।

सूचनालाई बेवास्था गरेमा कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने नगरले  चेतावनीसमेत दिएको छ ।