close

वीरेन्द्रनगरमा अवैध संरचना हटाउन सुरु

वीरेन्द्रनगरमा अवैध संरचना हटाउन सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मुख्य बजार मंगलगढी चोकदेखि गणेश चोकसम्मका अवैध संरचना हटाउन सुरु गरेको छ ।

नगरले मुख्य बजार क्षेत्रमा रहेका विद्युत्, नेपाल टेलिकमका पोल तथा तारहरू र सडक किनारमा रहेका अशोकका रूखहरू हटाउन थालेको हो  ।

वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा अवैध संरचनाका कारणले कुरुप बनेको र सडक विस्तारमा कठिनाइ देखिएपछि नगरपालिकाले सात दिनभित्र संरचना हटाउन दिएको पूर्वजानकारी अनुसार संरचना हटाउनु सुरु गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जानकारी दिए ।