close

नगरपालिकाको आयोजनामा लोकसेवा तयारी कक्षा

नगरपालिकाको आयोजनामा लोकसेवा तयारी कक्षा

Trulli
ADVERTISEMENT

रौतहट । राजदेवी नगरपालिकाले लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । 

बुधबार सूचना जारी गर्दै नगरपालिकाले १८ वर्ष पूरा भएका स्थानीयलाई लोकसेवा आयोगको तयारी कक्षा सहभागी हुन आग्रह गरेको हो । 

स्थानीय युवालाई निजामति सेवाप्रति आकर्षित तथा परीक्षाको तयारीमा टेवा पुगोस् भन्दै कक्षा सञ्चालन गर्न लागेको नगरपालिकाले जनाएको छ । जसका लागि इच्छुक प्रशिक्षार्थीलाई असोज १२ गतेभित्र निवेदन पेश गर्न अनुरोध गरेको छ ।