close

पञ्चपुरी नगरप्रमुखका १०० दिन : जनताका दैनिकीदेखि हेलिकोप्टरमार्फत् उद्धारसम्म

पञ्चपुरी नगरप्रमुखका १०० दिन : जनताका दैनिकीदेखि हेलिकोप्टरमार्फत् उद्धारसम्म

Trulli
ADVERTISEMENT

काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिकाका मेयर लालवीर भण्डारी नगर प्रमुख भएको एक सय दिन पूरा भएको छ । 

योबीचमा उनले आगामी वर्ष २०७९/८०का लागि नीति तथा कार्यक्रम बनाउनुका साथै, केही कार्यक्रमको सुरु गरे । 

आफ्नो कार्यकालमा सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको हस्पिटल बनाउन स्वीकृत गराएको बतउँछन् भण्डारी । यस्तै, आफ्नो कार्यकाल सुरु भएको १०० दिनको अवधिमा दुई वटा बाटा कालोपत्रे भएको उनले बताए । 

यस्तै, यही असोज ८ गतेबाट मुटुरोगसम्बन्धी निःशुल्क शिविर सञ्चालन गर्न लागिएको बताए ।  उनले भने, ‘हामीले यही २०७९ असोज ८ गतेबाट निःशुल्क मुटुरोगसम्बन्धी शिविर सञ्चालन हुँदैछ । शिविरमा गम्भीर अवस्था देखिएका विरामीलाई टिचिङ हस्पिटलमा उपचार गराउने व्यवस्था मिलाएका छौँ ।’

अनाथ बालबालिकालाई अध्ययनका लागि कक्षा १ देखि १०सम्म छात्रवृत्तिको व्यवस्था गरेको उनले जानकारी दिए । ६०–८० वर्षका असह्य तथा विपन्नलाई कार्यविधि बनाएर सहयोग गर्ने नीति नगरले लिएको उनले बताए । 

यस्तै, नगरको भौतिक विकासका लागि ‘एक वार्ड एक, एक हरियाली पार्क’ र ‘एक वार्ड एक हरियाली सडक’को अवधारणा अघि सारेको उनले बताए । 

‘हामीले ‘एक वार्ड एक, एक हरियाली पार्क’ र ‘एक वार्ड एक हरियाली सडक’को अवधारणा अघि सारेका छौँ, उनले पालिका खबरसँग भने ।
यस्तै,आदिवासी जनजातिको भाषा संरक्षण तथा प्रवर्द्धन र उनीहरूको विकासका लागि नगरले विभिन्न कार्यक्रम अघि सारेको बताए । 

उनले भने, ‘ हामीले आदिवासी जनजाति, लोपोन्मुखको क्षमता वृद्धिका साथै रोजगारीमा पनि विशेष अवसर दिने गरी नीति तथा कार्यक्रम बनाएका छौँ ।’

स्मरणीय कार्य
नगरप्रमुख लालवीर भण्डारीले पहिरोमा परी घाइते भएकालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् कर्णाली प्रदेश हस्पिटल पठाएँ । 
यो नै मेरो १०० दिनको स्मरण र गर्व गर्नलायक कार्य हो । 

नगरभित्रकै वडा नम्बर ७ मा पर्ने डुम्री खोलामा गएको पहिरोमा परी आछाका एक पुरुष र एक महिला घाइते भएका थिए ।
स्थानीय अस्पतालमा उपचार हुन नसक्ने देखेपछि उनीहरूलाई कर्णाली प्रदेशसँग समन्वय गरेर थप उपचारका लागि काठमाडौं पठाएको थिएँ । 

उनले भने, 'उहाँहरू आछामको तुर्माखाद गाउँपालिकाका रतिकाली र अर्की एक महिलाको उद्धार गरेँ । जसले उहाँहरूलाई निकै राहत पुर्‍याएको थियो । तर, पछि ती घाइतेको मृत्यु भएको भन्ने पाएँ । त्यसले मलाई निकै मर्माहत बनायो ।’