close

गाउँपालिकाले असारपछि जन्मेका छोरीहरूको बीमा गरिदिने

गाउँपालिकाले असारपछि जन्मेका छोरीहरूको बीमा गरिदिने

Trulli
ADVERTISEMENT

बाँके । जानकी गाउँपालिकाले प्रत्येक छोरीको बीमा गर्ने भएको छ । गाउँपालिकाले मेरो मुटु बाल जीवन बीमा योजनामार्फत पालिकाभित्रका छोरीहरूको बीमा गर्न लागेको हो । 

२०७९ साउन १ गतेपछि जन्मेका प्रत्येक छोरीहरूको बीमा गाउँपालिकाले गर्ने भएको छ । बीमाको लागि पालिकाले प्रत्येक छोरीको लागि वार्षिक ५ हजार रुपैयाँ बिमांक रकमको व्यवस्था गरिने छ ।

पालिकाको अनुसार सो बीमाको अवधि २० वर्षको हुनेछ । बीमाको लागि गाउँपालिकाले रिलायन्स लाइफ इन्सुरेन्ससँग सम्झौता गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक दीपककुमार ओलीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।