close

आमाबाबुविहीन बालबालिकाको संरक्षण गर्दै राप्ती नगरपालिका

आमाबाबुविहीन बालबालिकाको संरक्षण गर्दै राप्ती नगरपालिका

Trulli
ADVERTISEMENT

चितवन । राप्ती नगरपालिकाले आमाबुबाविहीन बालबालिकाको संरक्षण गर्ने भएको छ ।

बुधबार नगरपालिकाले एक सूचाना जारी गर्दै आमाबाबु विहिन बालबालिकाको संरक्षण गर्न लागेको हो । 

सूचना अनुसार बागमती प्रदेशको हस्तान्तरित 'बाबुआमा विहिन बालबालिकाको लागि संरक्षण कार्यक्रम' अन्तर्गत नगरपालिकाले बालबालिकाको संरक्षण गर्न लागेको हो । नगरपालिका क्षेत्रभित्र रहेका १८ वर्षभन्दा मुनीको बालबालिकाको लगत संकलन प्रयोजनका लागि सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । 

सो कार्यक्रममा सहभागी हुनका लागि सूचना प्रकासित भएको पन्ध्र दिनभित्र नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामा आवेदन दिन पालिकाले अनुरोध गरेको छ । 

जन्मदर्ताको प्रतिलिपि, आमाबुबा दुबैको मृत्युदर्ताको प्रतिलिपि वा बेपत्ता भएको अवस्थामा मिति र कारण, विद्यालय नियमित गएको सिफारिस पत्र र संरक्षकको नागरिकताको प्रतिलिपि सहित पालिकामा निवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।