close

जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला पहिचान​​​​​​​

जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला पहिचान​​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौ महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला  रहेको भनी पहिचान गरेको छ । 

नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।

स्थानीयले खोला अतिक्रमण गरेर संरचना निर्माण भएको भन्दै खोला पहिचान गर्न माग गर्दै आएका थिए । महानगरले यसअघि १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो ।